दसैंअघि बाढी, पहिरो लगायतका विपद्का कारण अवरुद्ध बनेका राजमार्ग खुलाउन सरकारले नेपाली सेना समेत संलग्न गराएर अध्ययन थालेको छ ।
स्रोतका अनुसार, बीपी राजमार्गमा पहिरोका कारण बगाएको कम्तिमा १० देखि १२ किलोमिटर खण्डमा वैकल्पिक व्यवस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्राविधिकसहितको टोलीले अध्ययन थालेको छ ।