News Portal

रेडियो सुन्नुहोस्

मुगुबस दुर्घटनामा २२ जनाकाे मृत्यु, १८ घाइते

झुलेनी नेटवर्क२०७८ असौज २६, प्यूठान
७९२ पटक
२०७८ असौज २६, प्यूठान

मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्युभएको छ । १८ जना घाइते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख १६७ नम्बरको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले २२ जनाको दुर्घटनामा परी मृत्यु भएको सूचना आएको जानकारी दिए । उनका अनुसार घटनामा मृत्यु भएको विवरण संकलन गर्ने काम भइरहेको छ ।

नेपालगञ्जबाट दसैंका लागि घर हिँडेका यात्रु लिएर गमगढी जाँदै गरेको बस पिनामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकालाई अस्पताल लैजाने क्रम जारी छ । जिल्ला अस्पताल मुगुका डाक्टर तथा नर्स घाइतेको उपचारका लागि तयारी अवस्थामा छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...