News Portal

रेडियो सुन्नुहोस्

वर्षाका कारण रजवारामा भलिवल प्रतियोगिता अबरुद्ध

झुलेनी नेटवर्क२०७८ कार्तिक १, प्यूठान
९२९ पटक
२०७८ कार्तिक १, प्यूठान

लगातारको वर्षाका कारण गौमुखी गाउँपालिका ३ रजवारामा आयोजना भइरहेको खेलकुद कार्यक्रम अवरुद्ध भएको छ । सोमवार बेलुकासम्म कार्यक्रम सम्पन्न गर्ने भनिएपनि लगातारको झरीले प्रतियोगिता सञ्चालन हुन नसकेको तिखाचुली युवा क्लवका अध्यक्ष जोगिन्द्र मल्लले जानकारी दिए ।

उनका अनुसार हरेक वर्ष बिजयादशमीको अर्को दिनदेखि विविध खेलकुद कार्यक्रम आयोजना गरीदै आएको छ । शनिवारदेखि आयोजित कार्यक्रममा गौमुखी गाउँपालिकाको आर्थिक सहयोग र ३ वडा कार्यालयको सह आयोजनामा गाउँपालिका वडा स्तरिय प्रतियोगिता सञ्चालन भइरहेको छ ।

यो वर्ष प्रतियोगितामा प्यूठान, गुल्मी र बाग्लुङ जिल्लाका २१ टिम पुरुष भलिवल प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै महिला भलिवल प्रतियोगितामा ६ टिम सहभागी रहेका छन् ।

यसमा प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । पुरुष भलिवलको पहिलो चरण सकिएको छ भने अर्को चरण सञ्चालन गर्न सकिएको छैन । त्यसैगरी महिला भलिवल खेल सञ्चालन गर्न समेत बाँकी रहेको छ । यस्तै घैटोफोर र हाँस पकड प्रतियोगिता समेत सञ्चालन गर्न बाँकी रहेको आयोजकले जनाएको छ ।

२०५७ सालदेखि लगातार रुपमा भलिवल प्रतियोगिता आयोजना गर्दै आएको क्लवले जिल्लामै पहिलो पटक महिला भलिवल प्रतियोगिता सञ्चालन गर्ने पहिलो संस्था हो । क्लवले खेलकुद कार्यक्रम आयोजना गर्न थालेको अहिले २२ वर्ष पुगेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...