News Portal

रेडियो सुन्नुहोस्

चाडपर्वमा समेत सुनसान छन् गाउँ

टु आर क्षेत्री२०७८ कार्तिक १२, प्यूठान
१२७८ पटक
२०७८ कार्तिक १२, प्यूठान

चार्डपर्व मध्येको महान चार्ड दशै, तिहार हो । जुन चार्डको आफ्नै धार्मिक विश्वास छ । नेपाली समाजमा यसलाइ परिवार तथा अन्य आफन्तसँग रमाइला भेटघाटको रुपमा प्रयोग गर्दै आएका छन् । आफ्नै भुमिमा पर्याप्त रोजगार नहँुदा धेरै नेपाली रोजगारका लागि विदेशिनु परेको छ । वर्षभरी विदेशमा गरेको कामको थकानलाइ मेट्न दशैँ आगमनसँगै विदेशियका युवा स्वदेश भित्रने र माउने गर्थे । यसले गाउँमा दसै तिहार आएको रौनक छाउथेयो । प्यूठान नगरपालिकां २ आरनेटामा अधिकांश युवा रोजगारका लागि भारत तथा तेस्रो मुलुक गएपछि यहाको गाउँ सुनसान छ । यस्तै यहाँको मसेरी, ढाडा, रिचि, आरधारा, कट्टेपखरा, सासखर्कका धेरै जसो युवाहरु पनि विदेशियका छन् । गरिवी, अशिक्षा, स्थानीय स्तरमा रोजगारको अवसर नपाउदा विदेशिनु परेको हो । गरिवीका कारण विचमै पढाइ छाडेर विदेशीने क्रममा कमि आउन सकेको छैन ।

केहि वर्ष अघिसम्म दशैँको आगमनसँग रोजगारका लागि विदेशियका युवाहरु गाउँघरमा फर्कन्थे । अन्य समयमा खालि हुने गाउँघरमा दशैँ तिहारको वेला भरिभराउ हुन्थ्यो । तर यस पटक भने केहि फरक पाइएको छ । चार्डपर्वको वेला भरिभराउ हुने गाउँ खाली छन् । युवा विहिन छन् । विश्वभर फैलिएको कोरोना भाइरस र त्यसपछि प्रभावले चाडपर्वमा पनि गाउँघर युवाविहिन भएका हुन् ।

कोरोना र त्यसपछिको प्रभावले दशै तिहारमा पनि घर नआएको रोजगारका लागि भारत पुगेका प्यूठान नगरपालिका २ आरनेटाका अर्जुन वि.कले बताए । ‘दशैँमा घर आउने भनेको थिए ,’उनले भने,‘ कोरोनाका कारण विचमा केहि समय रोजगार विहिन हुनुपर्यो ।’ दशैँ आउने वेला कोरोना कम हुदै गयो, रोजगारी मिलेपछि दसैमा घर नफर्केको बिःकले बताए ।

आर्थिक अवस्था कमजोर तथा योग्य व्यक्तिलाई जागिर नमिल्दा रोजगारका लागि विदेशिनु परेको नेकपा एमाले प्यूठान नगरपालिका २ वडा कमिटी उपसचिव रुन्द्र वहादुर खड्काले बताए । ‘सरकारवाट युवा केन्द्रित निति तथा कार्यक्रम आउन सकेका छैनन् ,’ उनले भने ‘सरकारले युवाहरुको सिप र क्षमतालाई ख्याल गर्दै स्थानीय स्तरमै रोजगारको अवसर सिर्जना गर्नु आवश्यक छ ।’

युवाहरुका लागि केहि समयका लागि मात्र नभई दिगो रुपमा रोजगार सिर्जना गर्न सके युवाहरुमा स्वदेशमै राख्न सकिने खड्काको भनाइ छ । देशमा अन्योल वातावरण सिर्जना भइरहेको अवस्थाले गर्दा युवा विदेशिनु परेको हो । युवाहरुलाई स्वदेशमै राख्न राज्यले विकासका लागि योजना वनाई मुलप्रवाहमा युवाहरुलाई समेट्नु आवश्यक रहेको जानकारहरु बताउँछन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...