News Portal

रेडियो सुन्नुहोस्

पिसिआर रिपोर्ट नहुँदा नेपाली महिला टिमको बंगलादेशमा फ्लाइट छुटेपछि, बसबाट स्वदेश फर्कदै

सीताराम कोइराला २०७८ कात्तिक २५ काठमाडौं
४३४ पटक
 २०७८ कात्तिक २५ काठमाडौं

नेपाली महिला क्रिकेट टिम बिहीबार बंगलादेशबाट स्वदेश फर्किने कार्यक्रम थियो। तर व्यवस्थापन फितलो हुँदा नेपाली टिमको बंगलादेशको राजधानी ढाकाबाट नेपाल आउने फ्लाइट छुटेको छ।

विदेशबाट नेपाल फर्कने सबै यात्रुका लागि पिसिआर रिपोर्ट अनिवार्य छ। ७२ घन्टाअघिसम्मको पिसिआर रिपोर्ट देखाएर मात्र नेपाल आउन पाइन्छ।

तर बिहीबार नेपाल फर्कन लागेको नेपाली टिम पिसिआर रिपोर्ट नबोकी बंगलादेशको राजधानी ढाकाको अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो। विमानस्थलका कर्मचारीले नेपाली टिमलाई भित्र छिर्न नदिएको नेपाल क्रिकेट संघ (क्यान) का एक केन्द्रीय सदस्यले सेतोपाटीलाई जानकारी दिए। उनका अनुसार नेपाली टिमको पिसिआर परीक्षण नै गरिएको थिएन।

नेपाली टिम बिहान ९ः१५ मा विमान बंगलादेशबाट नेपाल फर्कने क्रार्यक्रम थियो। नेपाली टिमको प्रशिक्षक जगत टमाटा र व्यवस्थापकमा क्यानकी केन्द्रीय सदस्य जयन्ती भट्ट बंगलादेश गएका थिए।

विमान बंगलादेशले सातामा दुई दिन बिहीबार र शनिबार ढाकाबाट काठमाडौं उडान गर्छ। यसका नेपाल फर्कन अझै दुई दिन कुर्नुपर्ने भएपछि नेपाली टिम बसबाट स्वदेश फर्कने भएको क्यानले जनाएको छ।

क्यानका अनुसार नेपाली टिम आज साँझसम्ममा नेपाल आइपुग्नेछ।

नेपाली टिम आइसिसी वुमन्स टी–२० विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न कात्तिक १८ मा बंगलादेश गएको थियो। त्यहाँ स्थानीय टिमसँग तीन अभ्यास खेल खेलेको नेपालले दुई खेलमा जित हात पारेको थियो।

नेपालले आगामी १९ देखि २९ नोभेम्बरसम्म युएईमा एसिया क्षेत्रको विश्वकप छनोट प्रतियोगिता खेल्ने तय छ।

 

 

सेताेपाटी

प्रतिकृया दिनुहोस्

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...