News Portal

रेडियो सुन्नुहोस्

पिसिआर रिपोर्ट नहुँदा नेपाली महिला टिमको बंगलादेशमा फ्लाइट छुटेपछि, बसबाट स्वदेश फर्कदै

सीताराम कोइराला २०७८ कात्तिक २५ काठमाडौं
१०१० पटक
 २०७८ कात्तिक २५ काठमाडौं

नेपाली महिला क्रिकेट टिम बिहीबार बंगलादेशबाट स्वदेश फर्किने कार्यक्रम थियो। तर व्यवस्थापन फितलो हुँदा नेपाली टिमको बंगलादेशको राजधानी ढाकाबाट नेपाल आउने फ्लाइट छुटेको छ।

विदेशबाट नेपाल फर्कने सबै यात्रुका लागि पिसिआर रिपोर्ट अनिवार्य छ। ७२ घन्टाअघिसम्मको पिसिआर रिपोर्ट देखाएर मात्र नेपाल आउन पाइन्छ।

तर बिहीबार नेपाल फर्कन लागेको नेपाली टिम पिसिआर रिपोर्ट नबोकी बंगलादेशको राजधानी ढाकाको अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो। विमानस्थलका कर्मचारीले नेपाली टिमलाई भित्र छिर्न नदिएको नेपाल क्रिकेट संघ (क्यान) का एक केन्द्रीय सदस्यले सेतोपाटीलाई जानकारी दिए। उनका अनुसार नेपाली टिमको पिसिआर परीक्षण नै गरिएको थिएन।

नेपाली टिम बिहान ९ः१५ मा विमान बंगलादेशबाट नेपाल फर्कने क्रार्यक्रम थियो। नेपाली टिमको प्रशिक्षक जगत टमाटा र व्यवस्थापकमा क्यानकी केन्द्रीय सदस्य जयन्ती भट्ट बंगलादेश गएका थिए।

विमान बंगलादेशले सातामा दुई दिन बिहीबार र शनिबार ढाकाबाट काठमाडौं उडान गर्छ। यसका नेपाल फर्कन अझै दुई दिन कुर्नुपर्ने भएपछि नेपाली टिम बसबाट स्वदेश फर्कने भएको क्यानले जनाएको छ।

क्यानका अनुसार नेपाली टिम आज साँझसम्ममा नेपाल आइपुग्नेछ।

नेपाली टिम आइसिसी वुमन्स टी–२० विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न कात्तिक १८ मा बंगलादेश गएको थियो। त्यहाँ स्थानीय टिमसँग तीन अभ्यास खेल खेलेको नेपालले दुई खेलमा जित हात पारेको थियो।

नेपालले आगामी १९ देखि २९ नोभेम्बरसम्म युएईमा एसिया क्षेत्रको विश्वकप छनोट प्रतियोगिता खेल्ने तय छ।

 

 

सेताेपाटी

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...