News Portal

रेडियो सुन्नुहोस्

रूबिना क्षेत्रीको कप्तानीमा नेपाली महिला क्रिकेट टिम कतार प्रस्थान

भुलेनी नेटवर्क२०७८ कार्तिक २८
१०४६ पटक
२०७८ कार्तिक २८

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिम टी–२० सिरिज खेल्न कतार प्रस्थान गरेको छ ।
नेपालले कतारसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
कतारमा तीन खेल खेलेपछि रूबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली नोभेम्बर १९ मा यूएईको दुबई प्रस्थान गर्नेछ । एसियाली छनोट नोभेम्बर २२ देखि सुरु हुनेछ ।
नेपालले यसअघि बंगलादेशमा गएर एक साता तयारी गरेको थियो । बंगलादेशमा नेपालले बंगलादेश क्रिरा शिक्षा प्रतिष्ठान (बिकेएसपी) खेलेको तीम टि–२० अभ्यास सिरिज २–१ ले जितेको थियो ।
मंसिर ६ देखि १२ (नोभेम्बर २२ देखि २८) सम्म यूएईमा हुने टी–२० महिला विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङसँग नोभेम्बर २२ मा खेल्नेछ ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकपको रोडम्यापको रुपमा रहेको छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्नेछ ।
छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई सहभागी छन् । विजेता ग्लोबल छनोटमा पुग्नेछ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...