News Portal

रेडियो सुन्नुहोस्

अर्खाका आगलागी पीडित परिवारका विद्यार्थीलाई विद्यालयको सहयोग

मित्र थापा२०७८ मंसिर ०६
१२५९ पटक
२०७८ मंसिर ०६

अर्खा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका–१, प्यूठानले आज घर आगलागी पीडित विद्यार्थीलाई बिद्यालय ड्रेस (कपडा) सहयोग गरेको छ ।

गौमुखी गाउँपालिका–१, अर्खा निवासी नरु वितालुको गत मंसिर २१ गते तिहारको भाेलिपल्ट घरमा आगलागी भएको थियो । समुहलाई तिर्न भनि राखेको ५० हजार नगद सहित घरका अन्नबालि, लत्ताकपडा सबै जलेर नष्ट भएको थियो ।

उनका छोरा मनु वि.क. कक्षा १० र तिर्थ बहादुर बि.क. कक्षा ६ मा अध्ययनरत छन् । सोमबार उनिहरुलाई बिद्यालयले १÷१ सेट बिद्यालय ड्रेस तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।

साथै अर्खा मा. वि. यूवा रेडक्रस सर्कलद्वारा विद्यालयमा कक्षा ४ देखि १० सम्मका बालबालिकालाई आफ्नो घर बाट १÷१ माना कोदो वा मकै अन्न बाली उठाई दिन समेत अनुरोध गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...