News Portal

रेडियो सुन्नुहोस्

कांग्रेस प्यूठानमा आरोप प्रत्यारोपको श्रृङखला जारी

झुलेनी नेटवर्क२०७८ मंसिर १४
८१८ पटक
२०७८ मंसिर १४

नेपाली काङ्ग्रेस प्यूठानको १४ औ जिल्ला अधिबेशनको विषयलाइ लिएर आरोप प्रत्यारोपको श्रृङ्खला जारी छ । अधिवेशनमा मतगणनाको क्रममा भएको घटनाको विषयलाइ लिएर दुवै उम्मेद्वारबिच एकले अर्कोलाइ आरोप लगाउने कार्य बिज्ञप्ति मार्फत चलिरहेको छ ।

घटनाको विषयलाइ लिएर दुवै पक्षले सत्य तथ्य छानबिन गरि दोषी माथी कारबाहिको माग सहित निर्वाचित र पराजित दुवैले एकले अर्कोलाइ दोष थोपरेका छन् । अधिवेशनबाट निर्वाचित सभापति विष्णु कुमार गिरिद्वारा मंसिर १० गते जारी विज्ञप्तिमा कांग्रेस कार्यकर्ताका नाममा अराजक जत्थाबाट भएको मतपत्र लुटको प्रयास भएको भनी उल्लेख गरीएको छ ।

हेर्नुहोस विष्णुकुमार गिरिद्वारा बिज्ञप्तिको पुर्ण पाठ

यसैबिच १४ औ जिल्ला अधिबेशनमा विष्णु कुमार गिरिका प्रत्यासी शिव रिजालले मंगलवार बिज्ञप्ति जारी गर्दै सो विषयको खण्डन गरेका छन् । शिव रिजालको सचिवालयद्वारा सम्प्रेसित बिज्ञप्तिमा आफ्नो गुटभन्दा बाहिरका कांग्रेस कार्यकर्ताहरुको ज्यान समेत लिने प्रयास गर्ने नेतृत्वको भत्सर्ना ब्यक्त गर्दै खेद प्रकट गरेको छ ।

बिज्ञप्तिमा भनिएको छ, “कथित विजयको उन्मादले होस गुमाएका केहि षडयन्त्रकारी नेतृत्व वर्गका तर्फबाट गरिएका यस्ता भ्रामक प्रचारको विश्वास नगर्न अपिल गर्दछुँ ।”

हेर्नुहोस शिव रिजालद्वारा जारी बिज्ञप्तिको पुर्ण पाठ

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...