News Portal

रेडियो सुन्नुहोस्

पत्रकार राजेन्द्र राउत क्षेत्री सुनौलो टिभीद्वारा सम्मानित

तेजेन्द्र बि. एम.२०७८ मंसिर १४
१५३४ पटक
२०७८ मंसिर १४

सुनौलो सञ्चार प्रा.लिद्वारा सञ्चालित सुनौलो टेलिभिजनद्वारा एक कार्यक्रम आयोजना गरि पत्रकार राजेन्द्र राउत क्षेत्रीलाई सम्मान गरीएको छ । राउत देशमा तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा भुमिगत भई जनमुक्ति सेना नेपालको कमान्डर समेत थिए ।

टिभिको स्थापना कालदेखि अहिलेसम्म पु¥याएको योगदानको उच्च कदर गर्दै पत्रकारिता संगै राजनैतिक जीवन उज्ज्वल रहोस भन्दै सोमवार झुलेनी यूनाइटेड नेटवर्कको प्राङगणमा सुनौलो सञ्चारले नगद सहित सम्मान पत्र प्रदान गरीएको छ ।

सुनौलो टिभीले १० वर्षे जनयुद्धकालमा भएका घटनाक्रमका अनुभव तथा अन्य राजनैतिक आन्दोलनको बारेमा जानकारी दिदै आईरहेको छ । सन् २०२० बाट उत्कृष्ट अतिथि छनोट गरि सुनौलो टिभिले सम्मान गर्दै आएको छ । २०२० मा बिमलराज क्षेत्रीलाई सम्मान गरिएको थियो भने २०२१ को उत्कृष्ट अतिथि राउतलाई छनोट गरि सम्मान गरीएको हो ।

कार्यक्रममा नेपाल सरकार न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य एवं नेपाल पत्रकार महासंघ प्यूठानका पुर्व अध्यक्ष गिरुप्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै भण्डारीले राउतलाई बधाई तथा शुभकामना दिदै त्यस बेलाका जनमुक्ति सेना वा राज्यसत्ताका तत्कालिन शाहि नेपालि सेना तथा यूद्धमा होमिएका व्यक्ति एवं समुदायको बारेमा सराहनिय काम गरेकोमा प्रसंशा गरे ।

कार्यक्रममा सहभागी झुलेनी युनाइटेड नेटवर्कका नोमराज पौडेलको विशिेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै पौडेलले न्यु मिडियाको महत्व दिनप्रतिदिन बद्दै गएकाले सुनौलो सञ्चारले गरेको कामको प्रशंसा गरेका छन् ।
सम्मान पाएपछि कार्यक्रममा बोल्दै राउतले ‘यो सम्मानको लागि आफुलाई छनोट गरेकोमा टिभि परिवारलाई धन्यवाद दिए ।

यहाँहरुको यो सम्मानले मलाई थप प्रेरणा मिलेको उनले बताए । टिभिका व्यवस्थापक सुमन भण्डारीले सञ्चालन गरेको कार्यक्रमको टिभिका प्रबन्ध निर्देशक अर्जुन जि.सिले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद साथै सदैव माया र हौसलाको अपेक्षा गर्दै समापन गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...