News Portal

रेडियो सुन्नुहोस्

नेकपा (एकिकृत समाजबादी) को कार्यालय उद्घाटन

तेजेन्द्र बि. एम.२०७८ मंसिर १६
१२३१ पटक
२०७८ मंसिर १६

नेकपा (एकिकृत समाजबादी) पार्टीले जिल्ला कार्यालयको बिहिबार उद्घाटन गरेको छ । प्यूठान नगरपालिका–४, जुम्रीमा एक कार्यक्रमको साथ पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा प्यूठान जिल्ला शाखा कार्यालयको उद्घाटन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सचिब तथा लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीले कार्यालयको उद्घाटन गरेका थिए । कार्यालयको उद्घाटन पश्चात जुम्रीको होटल आयुष्माको हलमा भेला तथा प्रशिक्षण कार्यक्रम अहिले चलिरहेको छ । कार्यक्रममा लुम्बिनी प्रदेश उपाध्यक्ष मुकुन्दराज रोका, केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला सह–इन्चर्ज शान्ता आचार्यको विशेष आथित्यता रहेको छ ।

प्यूठान जिल्लाका इन्चार्ज भोज बिक्रम बुढा मगरको अध्यक्षता रहेको कार्यत्रमको सञ्चालन मोहम्मद हलिमले गरेका छन् । नेकपा एमालेसंग फुटेर केही समय पहिले नेकपा एस बनेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...