News Portal

रेडियो सुन्नुहोस्

छठपूजाको झडपमा घाइते युवकको मृत्यु : वीरगञ्ज 

झुलेनी नेटवर्क२२ पुस, वीरगञ्ज
११३३ पटक
२२ पुस, वीरगञ्ज

गत कात्तिक २४ गते छठपूजाका क्रममा भएको झडपमा घाइते भएका बारा कलैया नगरपालिका–१९ इनरवारीका १७ बर्षीय राधेश्याम पटेलको मृत्यु भएको छ । पटेलको उपचारको क्रममा बुधबार साँझ वीरगञ्जको एलएस न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

कात्तिक २४ गते छठपुजाका दिन गाउँमा दुई पक्षबीच झडप भएको थियो । झडपका क्रममा टाउकोमा चोट लागेपछि पटेल गम्भीर घाइते पटेलको वीरगञ्ज पानीट्यांकीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको थियो ।

चिकित्सकले बुधबार साँझ उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

न्युरो अस्पतालबाट उनको शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा लगिएको छ । पोष्टमार्टमपछि उनको शव आफन्तको जिम्मा लगाउने तयारी प्रहरीले गरेको छ ।

छठपूजामा पटाका पड्काएको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ३० वर्षीय नाजिर हुसैन मियालाई त्यतिबेलै पक्राउ गरेको थियो ।

ज्यान मार्ने उद्योगमा मुद्दामा उनलाई पुर्पक्षका लागि कारागारमा रहेको प्रहरी नायब उपरीक्षक थापा बताउँछन् । घटनामा संलग्न अन्यको खोजी भइरहेको उनले जानकारी दिए ।

वीरगञ्ज–कलैया सडकखण्डमा चक्काजाम

राधेश्यामको मृत्युपछि स्थानीयले वीरगञ्ज–कलैया सडकखण्ड अवरुद्ध पारेका छन् । दोषीलाई कडा कारबाहीको माग गर्दै सिसहनीया चोकमा भेला भएका स्थानीयले सडक अवरुद्ध पारेर प्रदर्शन गरेका हुन् ।

टायर बालेर विरोध प्रदर्शन गर्नुको साथै उनीहरुले नाराबाजी गरिरहेका छन् । घटनामा संलग्न दोषीलाई आजीवन कारावास, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग उनीहरुले राखेका छन् ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार स्थानीयले सडक अवरुद्ध गरेपछि वैकल्पिक मार्गबाट सवारी आवागमन गराइएको छ ।

 

onlinekhabaer

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...