News Portal

रेडियो सुन्नुहोस्

करदाता सेवा कार्यालयको नागरिक सहायता कक्ष प्रयोग बिहिन

गिता गौतम२०७८ माघ २८
१६०४ पटक
२०७८ माघ २८

करदाता सेवा कार्यालय जस्पुरमा स्थापना गरीएको नागरिक सहायता कक्ष प्रयोगमा नआउँदा सेवाग्राहीले सास्ती पाएका छन् । कार्यालयको आंगनमै सेवाग्राहिका लागि स्थापना गरीएको नागरीक सहायता कक्ष बनाएपनि यहाँबाट सेवाप्रवाह दिइएको छैन ।

माण्डवी गाउँपालिकाकाको जस्पुरमा रोल्पा र प्यूठानका सेवाग्राहीलाई कर सम्बन्धी सेवाका लागि करदाता सेवा कार्यालय स्थापना गरीएको छ । कार्यालयमा कर बुझाउने, स्थायी लेखा नं. दर्ता, नामसारी गर्ने लगायतका कार्यका लागि अनलाइन मार्फत हुने काममा नागरिकका लागि नागरिक सहायता कक्षा स्थापना गरीएको हो ।

यहाँ कक्ष सञ्चालनमा नआउँदा सेवाग्राहिले महंगो शुल्क तिरी बाहिर काम गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । सेवा लिन आएका एक जना व्यक्तिले भित्रैबाट हुने काम बाहिर अनलाइन गराउनुपर्ने बताए । नागरिक सहायता कक्षा स्थापना गरीएको भए निशुल्क हुने कामका लागि ५ सय रुपैयाँ तिर्नुनपर्ने उनको भनाई छ । यिनी जस्तै कार्यलयमा सेवा लिन आउने अन्य सेवाग्राहिले पनि महंगो शुल्क तिरी काम गर्नुपरेको छ ।

सवै काम बाहिरै पैसा तिरेर गर्नुपर्दा कर्मचारीले हस्ताक्षर मात्रै गर्ने गरेको उनिहरुको आरोप छ । नागरिक सहयता कक्षका लागि कार्यलयले कम्प्यूटर, प्रीन्टर राखेपनि प्रयोगमा ल्याएको छैन । केहिँ समय पहिले उद्योग वाणिज्य संघ मार्फत एकजना कर्मचारीको व्यवस्था गरेपनि अहिले कर्मचारी नभएको सेवा कार्यालयका निमित्त प्रमुख अशोक रिजालले बताए । ‘हाम्रो कार्यलयको कर्मचारी राख्ने अथोरिटि छैन’, रिजालले भने, ‘सुरुमा संघले एक जना कर्मचारी राखेपनि खै पछि के भयो र जानु भयो जानकारी भएन ।’

उद्योगी व्यवसायीलाई समस्या भएको जनाउँदै प्यूठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले यस विषयमा संघले योजना बनाएको बताए । गत आर्थिक वर्षमा चार महिनाको लागि कर्मचारि राखेको भएपनि संघमा प्रयाप्त बजेट नहुँदा निरन्तर दिन कठिनाई भएको उनले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...