News Portal

रेडियो सुन्नुहोस्

करदाता सेवा कार्यालयको नागरिक सहायता कक्ष प्रयोग बिहिन

गिता गौतम२०७८ माघ २८
१४३८ पटक
२०७८ माघ २८

करदाता सेवा कार्यालय जस्पुरमा स्थापना गरीएको नागरिक सहायता कक्ष प्रयोगमा नआउँदा सेवाग्राहीले सास्ती पाएका छन् । कार्यालयको आंगनमै सेवाग्राहिका लागि स्थापना गरीएको नागरीक सहायता कक्ष बनाएपनि यहाँबाट सेवाप्रवाह दिइएको छैन ।

माण्डवी गाउँपालिकाकाको जस्पुरमा रोल्पा र प्यूठानका सेवाग्राहीलाई कर सम्बन्धी सेवाका लागि करदाता सेवा कार्यालय स्थापना गरीएको छ । कार्यालयमा कर बुझाउने, स्थायी लेखा नं. दर्ता, नामसारी गर्ने लगायतका कार्यका लागि अनलाइन मार्फत हुने काममा नागरिकका लागि नागरिक सहायता कक्षा स्थापना गरीएको हो ।

यहाँ कक्ष सञ्चालनमा नआउँदा सेवाग्राहिले महंगो शुल्क तिरी बाहिर काम गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । सेवा लिन आएका एक जना व्यक्तिले भित्रैबाट हुने काम बाहिर अनलाइन गराउनुपर्ने बताए । नागरिक सहायता कक्षा स्थापना गरीएको भए निशुल्क हुने कामका लागि ५ सय रुपैयाँ तिर्नुनपर्ने उनको भनाई छ । यिनी जस्तै कार्यलयमा सेवा लिन आउने अन्य सेवाग्राहिले पनि महंगो शुल्क तिरी काम गर्नुपरेको छ ।

सवै काम बाहिरै पैसा तिरेर गर्नुपर्दा कर्मचारीले हस्ताक्षर मात्रै गर्ने गरेको उनिहरुको आरोप छ । नागरिक सहयता कक्षका लागि कार्यलयले कम्प्यूटर, प्रीन्टर राखेपनि प्रयोगमा ल्याएको छैन । केहिँ समय पहिले उद्योग वाणिज्य संघ मार्फत एकजना कर्मचारीको व्यवस्था गरेपनि अहिले कर्मचारी नभएको सेवा कार्यालयका निमित्त प्रमुख अशोक रिजालले बताए । ‘हाम्रो कार्यलयको कर्मचारी राख्ने अथोरिटि छैन’, रिजालले भने, ‘सुरुमा संघले एक जना कर्मचारी राखेपनि खै पछि के भयो र जानु भयो जानकारी भएन ।’

उद्योगी व्यवसायीलाई समस्या भएको जनाउँदै प्यूठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले यस विषयमा संघले योजना बनाएको बताए । गत आर्थिक वर्षमा चार महिनाको लागि कर्मचारि राखेको भएपनि संघमा प्रयाप्त बजेट नहुँदा निरन्तर दिन कठिनाई भएको उनले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...