News Portal

रेडियो सुन्नुहोस्

माओवादी र एमालेबीच चुनावी तालमेल : झिमरुक गाउँपालिका

झुलेनी नेटवर्क२०७९ बैशाख १२, प्यूठान
१२१३ पटक
२०७९ बैशाख १२, प्यूठान

प्युठान जिल्लाको झिमरुक गाउँपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेल हुने भएको छ ।

एमाले–माओवादी गठबन्धनबाट माओवादी नेता पितबहादुर एम.सी. अध्यक्ष र एमालेबाट हुकुमबहादुर खड्का उपाध्यक्षमा उठ्ने भएका छन् । दुई दलबीच भएको सहमति गोप्य राखिएको छ ।

पालिका अध्यक्ष पदमा कुरा नमिलेपछि माओवादी, राष्ट्रिय जनमोर्चाबीच सहमति नभएकाले एमाले–माओवादी गठबन्धन हुन पुगेको हो ।

यस्तै, जनमोर्चा र कांग्रेसबीच तालमेलबाट जनमोर्चाका पालिका अध्यक्षमा टीकाबहादुर जिसी, उपाध्यक्षमा कांग्रेसका प्रमोद पोखरेल उम्मेदवार भएका छन् ।

यसअघिको स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा जनमोर्चाले जितेको थियो । जनमोर्चाले अध्यक्ष छोड्न नमानेपछि माओवादी र एमालेबीच गठबन्धन हुन पुगेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...