News Portal

रेडियो सुन्नुहोस्

माओवादी र एमालेबीच चुनावी तालमेल : झिमरुक गाउँपालिका

झुलेनी नेटवर्क२०७९ बैशाख १२, प्यूठान
१३६५ पटक
२०७९ बैशाख १२, प्यूठान

प्युठान जिल्लाको झिमरुक गाउँपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेल हुने भएको छ ।

एमाले–माओवादी गठबन्धनबाट माओवादी नेता पितबहादुर एम.सी. अध्यक्ष र एमालेबाट हुकुमबहादुर खड्का उपाध्यक्षमा उठ्ने भएका छन् । दुई दलबीच भएको सहमति गोप्य राखिएको छ ।

पालिका अध्यक्ष पदमा कुरा नमिलेपछि माओवादी, राष्ट्रिय जनमोर्चाबीच सहमति नभएकाले एमाले–माओवादी गठबन्धन हुन पुगेको हो ।

यस्तै, जनमोर्चा र कांग्रेसबीच तालमेलबाट जनमोर्चाका पालिका अध्यक्षमा टीकाबहादुर जिसी, उपाध्यक्षमा कांग्रेसका प्रमोद पोखरेल उम्मेदवार भएका छन् ।

यसअघिको स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा जनमोर्चाले जितेको थियो । जनमोर्चाले अध्यक्ष छोड्न नमानेपछि माओवादी र एमालेबीच गठबन्धन हुन पुगेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...