News Portal

रेडियो सुन्नुहोस्

विश्व औलो दिवस प्यूठानमा पनि मनाईयो

झुलेनी पोष्ट२०७८ बैशाख १२
११५३ पटक
२०७८ बैशाख १२

आज विश्व औलो दिवस । प्यूठानमा विविध कार्यक्रमको आयोजना गरि यो दिवस मनाइएको छ । प्रदेश सरकार लुम्विनी प्रदेश निर्देशनालय स्वास्थ्य कार्यालय प्यूठानको आयोजना र स्वर्गद्धारी नगरपालिकाको समन्वयमा दिवस कार्यक्रम गरिएको हो ।

प्यूठानमा २०७६, देखि ०७८ सम्म गरी ३ वर्षको समयावधीमा १६ जना व्यक्तिमा औलो रोग देखा परेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सन् २००८ मा अप्रिल २५ लाई विश्व औलो दिवस घोषणा गरेको थियो । सोही दिनको स्मरणमा स्वास्थ्य कार्यलय प्यूठानले पनि विश्व औलो दिवस मनाएको हो ।

यो वर्ष औलोको भार कम गर्न नयाँपनमा जोड दिऔं र जिवन बचाऔं भन्ने नाराका साथ प्यूठान सहित नेपालमा पनि विश्व औलो दिवस मनाईएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । औलोविरुद्ध जनचेतना जगाउने उद्देश्यले सोमवार प्यूठान सहित देशभर विविध जनचेलनामूलक कार्यक्रमको आयोजना गरिएको थियो ।

औलो नेपालको प्राथमिकता एकमा पर्ने जनस्वास्थ्य समस्या हो । नेपालमा हालसम्म पनि बर्षेनी करिब २ हजार जति प्रयोगशाला प्रमाणित औलो रोगी भेटिएको जनाइएको छ । संक्रमित पोथी एनोफिलिज लामखुट्टेको टोकाइबाट लाग्ने औलो रोगबाट गर्भवति महिला तथा पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा रहेको पाईएको छ ।

संसारभर पाइने औलो परजिविमध्ये २ परजिविहरु प्लाज्मोडियम फाल्सिपेरम र प्लाज्मोडियम भाइभेक्स जातको परजिवि मात्र नेपालमा पाइने चिकित्सकले बताएका छन् ।

यी दुईमध्ये प्लाज्मोडियम फाल्सिपेरम परजिविले सार्ने औलो रोग बढी कडा र खतरनाक हुने विज्ञको दाबी छ । यो नेपालमा रहेको जम्मा औलो संक्रमण संख्याको १७ देखी २० प्रतिशतमा पाइन्छ । सरकारले नेपालमा औलो उन्मूलन गर्न २०२५ सम्मको दिर्घकालिन रणननिती लिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...