News Portal

रेडियो सुन्नुहोस्

बोलि अड्कीने व्यक्तिहरुलाई उपाचार संबन्धी दुइ दिने तालिम

बाेम बहादुर परियार१६ बैशाख २०७९
१७५० पटक
१६ बैशाख २०७९

भकभके बोलि भएका (बोलि अड्कीने) जिल्लाका व्यक्तिहरुलाई भकभके रोकथाम तथा उपाचार संम्वन्धी दुइ दिने तालिम सम्पन्न भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयको सहयोग र नेपाल भकभके संघको आयोजना र प्यूठान शाखाको समन्वयमा उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

जिल्लाका २५ जना सहभागि रहेको तालिमको प्रशिक्षक नेपाल भकभके संघका केन्द्रीय कोषध्यक्ष शंकर प्रसाद गौतम रहेको अपाङ्ग सेवा संघ प्यूठानका अध्यक्ष जुमान सिहं केसीले बताए ।

बोलिमा समस्या भएका व्यक्तिहरुलाई यो तालिमले बोल्नमा धेरै सहजता दिएको तालिममा सहभागिहरुले बताएका छन । यो समस्या वंशाणुगत गुण र हतारिएर बोल्दा बोलि अड्किने समस्या हुने गरेको तालिमका प्रशिक्षक गौतमले बताए । बोल्दा अड्कीने व्यक्तिहरुले दैनिक १५ मिनेट सम्म लामो स्वास लिने र विस्तारै बोल्ने गर्दा समस्याको हल हुने गौतमको भनाई छ ।

विद्यायमा बालवालिकाहरुमा यस्ता समस्याहरु हुने हुंदा शिक्षकहरु मार्फत विद्यार्थीमा सिकाई होस भनि शिक्षकहरुलाई समेत तालिममा सहभागि गराईएको थियो । तालिममा सहभागि महेन्द्र नमुना मा वि खलंगाका शिक्षक बसन्तलाल साक्यले वाक आपाङ्गता सम्वन्धी प्यूठानमा पहिलो तालिम र व्यवहारीक रहेको बताए । यस्ता तालिमहरु जिल्लाका सवै विद्यालयहरुमा संचालन गर्दा प्रभावकारी हुने साक्यको भनाई छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...