News Portal

रेडियो सुन्नुहोस्

बोलि अड्कीने व्यक्तिहरुलाई उपाचार संबन्धी दुइ दिने तालिम

बाेम बहादुर परियार१६ बैशाख २०७९
१५४० पटक
१६ बैशाख २०७९

भकभके बोलि भएका (बोलि अड्कीने) जिल्लाका व्यक्तिहरुलाई भकभके रोकथाम तथा उपाचार संम्वन्धी दुइ दिने तालिम सम्पन्न भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयको सहयोग र नेपाल भकभके संघको आयोजना र प्यूठान शाखाको समन्वयमा उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

जिल्लाका २५ जना सहभागि रहेको तालिमको प्रशिक्षक नेपाल भकभके संघका केन्द्रीय कोषध्यक्ष शंकर प्रसाद गौतम रहेको अपाङ्ग सेवा संघ प्यूठानका अध्यक्ष जुमान सिहं केसीले बताए ।

बोलिमा समस्या भएका व्यक्तिहरुलाई यो तालिमले बोल्नमा धेरै सहजता दिएको तालिममा सहभागिहरुले बताएका छन । यो समस्या वंशाणुगत गुण र हतारिएर बोल्दा बोलि अड्किने समस्या हुने गरेको तालिमका प्रशिक्षक गौतमले बताए । बोल्दा अड्कीने व्यक्तिहरुले दैनिक १५ मिनेट सम्म लामो स्वास लिने र विस्तारै बोल्ने गर्दा समस्याको हल हुने गौतमको भनाई छ ।

विद्यायमा बालवालिकाहरुमा यस्ता समस्याहरु हुने हुंदा शिक्षकहरु मार्फत विद्यार्थीमा सिकाई होस भनि शिक्षकहरुलाई समेत तालिममा सहभागि गराईएको थियो । तालिममा सहभागि महेन्द्र नमुना मा वि खलंगाका शिक्षक बसन्तलाल साक्यले वाक आपाङ्गता सम्वन्धी प्यूठानमा पहिलो तालिम र व्यवहारीक रहेको बताए । यस्ता तालिमहरु जिल्लाका सवै विद्यालयहरुमा संचालन गर्दा प्रभावकारी हुने साक्यको भनाई छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...