News Portal

रेडियो सुन्नुहोस्

मल्लरानीको नीति तथा कार्यक्रम सार्वजनिक,लिप्ट खानेपानी आयोजनाको विद्युत महशुल गाउँपालिकाले तीरिदीने

झुलेनी नेटवर्क२०७९ असार ०८
११९२ पटक
२०७९ असार ०८

मल्लरानी गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम बुधबार सार्वजनिक भएको छ । पालिका अध्यक्ष कृष्ण खड्काले दोस्रो गाउँसभाको प्रथम अघिवेशनमा आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा कृषि, शिक्षा, पर्यटन, सहकारी, स्वास्थ्य,खानेपानी तथा सरसफाइ, लैगिक समानता,रोजगारी सडक तथा पुल, उर्जा, फोहोरमैला व्यवस्पन जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ । गाउँगाउँमा पुगेका सडकहरुलाई नियमित मर्मतसम्भार गर्ने, लेन्थ वर्करहरुको व्यबस्था गरेर सवारी साधनहरुलाई नियमति गर्ने,लिप्ट खानेपानीबाट निर्माण भएका खानेपानी आयोजनाहरुको बिद्युत महशुल गाउँपालिकाले ५० प्रतिशत तिर्ने व्यबस्था गरेर खानेपानीको शुल्क घटाउने, पालिका भित्र सञ्चालन हुने विकास निर्माणका कार्यहरुमा रोजजारी सेवा केन्द्रमा सुचिकृत बेरोजगाहरुलाई रोजगारीको लागि प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

माध्यमिक तहसम्म निःशुल्क शिक्षा, जनता सुसुचित हुन पाउने सूचनाको हकको प्रत्याभूति गर्न कार्यालयबाट सम्पादीत कार्यक्रमहरुको नियमिति सार्वजनिक सुनुवाई,सार्वजनिक परिक्षण,पालिकबाट प्रकाशन हुने सूचनाहरु स्थानीय सञ्चार माध्यमबाट प्रकाशन तथा प्रशारण गर्ने अवधारण समेत गाउँपालिकाले ल्याएको छ ।

त्यस्तै गाउँपालिका भित्रका पर्यटकीय स्थलहरु पालुकाथान, कुडुले गुफा, मल्लरानी,झाक्रीस्थानलगायत पर्यटकीय क्षेत्रहरुमा पर्यटकीय पूर्वाधार निर्माण गर्ने पालिकाले भनेको छ । पालिका भित्र रहेका कृषकहरुले उत्पादन गरेको कृषि उपजलाई उपभोक्ता समक्ष सहजरुपमा पु¥याउन खलंगमा रहेको हाट बजारलाई कृषि उपज संकलन केन्द्रको रुपमा विकास गर्ने भनेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...