News Portal

रेडियो सुन्नुहोस्

मल्लरानीको नीति तथा कार्यक्रम सार्वजनिक,लिप्ट खानेपानी आयोजनाको विद्युत महशुल गाउँपालिकाले तीरिदीने

झुलेनी नेटवर्क२०७९ असार ०८
१०८९ पटक
२०७९ असार ०८

मल्लरानी गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम बुधबार सार्वजनिक भएको छ । पालिका अध्यक्ष कृष्ण खड्काले दोस्रो गाउँसभाको प्रथम अघिवेशनमा आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा कृषि, शिक्षा, पर्यटन, सहकारी, स्वास्थ्य,खानेपानी तथा सरसफाइ, लैगिक समानता,रोजगारी सडक तथा पुल, उर्जा, फोहोरमैला व्यवस्पन जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ । गाउँगाउँमा पुगेका सडकहरुलाई नियमित मर्मतसम्भार गर्ने, लेन्थ वर्करहरुको व्यबस्था गरेर सवारी साधनहरुलाई नियमति गर्ने,लिप्ट खानेपानीबाट निर्माण भएका खानेपानी आयोजनाहरुको बिद्युत महशुल गाउँपालिकाले ५० प्रतिशत तिर्ने व्यबस्था गरेर खानेपानीको शुल्क घटाउने, पालिका भित्र सञ्चालन हुने विकास निर्माणका कार्यहरुमा रोजजारी सेवा केन्द्रमा सुचिकृत बेरोजगाहरुलाई रोजगारीको लागि प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

माध्यमिक तहसम्म निःशुल्क शिक्षा, जनता सुसुचित हुन पाउने सूचनाको हकको प्रत्याभूति गर्न कार्यालयबाट सम्पादीत कार्यक्रमहरुको नियमिति सार्वजनिक सुनुवाई,सार्वजनिक परिक्षण,पालिकबाट प्रकाशन हुने सूचनाहरु स्थानीय सञ्चार माध्यमबाट प्रकाशन तथा प्रशारण गर्ने अवधारण समेत गाउँपालिकाले ल्याएको छ ।

त्यस्तै गाउँपालिका भित्रका पर्यटकीय स्थलहरु पालुकाथान, कुडुले गुफा, मल्लरानी,झाक्रीस्थानलगायत पर्यटकीय क्षेत्रहरुमा पर्यटकीय पूर्वाधार निर्माण गर्ने पालिकाले भनेको छ । पालिका भित्र रहेका कृषकहरुले उत्पादन गरेको कृषि उपजलाई उपभोक्ता समक्ष सहजरुपमा पु¥याउन खलंगमा रहेको हाट बजारलाई कृषि उपज संकलन केन्द्रको रुपमा विकास गर्ने भनेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...