News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारीमा ४२ करोडमा बृहत पम्पिङ्ग खानेपानी सञ्चालनमा आउदै : १६ सय परिवार लाभान्वित हुने

झइन्द्र भण्डारी
६१३ पटक

स्वर्गद्वारी नगरपालिका प्यूठानमा सञ्चालन हुन थालेको स्वर्गद्वारी बृहत पम्पिङ्ग खानेपानी छिटै सञ्चालनमा आउने भएको छ । गत आर्थिक वर्षमा डिपीआर सम्पन्न भएको उक्त योजनाको टेन्डर प्रक्रिया पनि सम्पन्न भइसकेको छ । डिपीआरबाट अनुमानित ४२ करोड लागत भएको स्वर्गद्वारी बृहत खानेपानीलाई २ वर्षमा सम्पन्न गर्ने गरी सगुन कन्ट्रक्सन कम्पनी प्रालि बुटवलले टेन्डर पारी अहिले ३३ करोडको कार्ययोजना सम्झौता गरेको नगरप्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिए ।

स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ , ३, ४ र ९ का गरी करिब १ हजार ६ सय घरधुरीका झण्डै ९ हजार जनसंख्या लाभान्वित हुने उक्त योजनाको निर्माण कार्य अब एक हप्ताभित्रमा सुरू हुने खानेपानी योजनाका इन्जिनियर उत्सव पोख्रेलले जानकारी दिए । स्वर्गद्वारी बृहत पम्पिङ्ग खानेपानीको इण्ट्याङ्क स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ जिमुरपाटा तल माण्डवी खोलाको बगरमा बन्ने र त्यहाँबाट ६ स्टेपमा अन्य ट्याङ्कीहरू बनेर माथी वडा नम्बर २ का बस्तीसम्म पुराइने आयोजनाका प्रमुख उतुलेश कर्णले बताए । कर्णका अनुसार स्वर्गद्वारी नगरपालिकामा आयोजना सम्पन्न हुने विभिन्न स्थानहरूमा गरी जम्मा १७ ओटा पानी ट्याङ्की निर्माण गरी खानेपानी सञ्चालन गरिनेछ ।

नेपाल सरकारका पूर्व खानेपानी मन्त्री मणी थापाले स्वर्गद्वारीमा आएर तत्कालिन समयमा गरेको निर्णय र नेपाल सरकारद्वारा भएको बजेट बिनियोजनबाट सञ्चालन हुन थालेको खानेपानी योजनाबाट स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ का सम्पूर्ण बस्ती , वडा नम्बर ३ का केही बस्ती, वडा नम्बर ४ का धेरै जसो वस्ती र वडा नम्बर ९ का कालिपोखरी , सुखखोला , ठुलोपोखरी , बिसौना , घोरखन्य , लोप , सिम्ले लगायतका वस्तीहरूका परिवार लाभान्वित हुने नगर प्रमुख टेक प्रसाद भण्डारीले बताए । नगरप्रमुखका अनुसार अब यस्तै अर्को बृहत खानेपानी योजनाको लागि माग गरि वडा नम्बर ६, ७ , ८ सङ्गै वडा नम्बर ५ का बस्तीहरूमा बृहत खानेपानी योजनाको पहल गर्ने प्रक्रिया अगाडि बढेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...