News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारीमा ४२ करोडमा बृहत पम्पिङ्ग खानेपानी सञ्चालनमा आउदै : १६ सय परिवार लाभान्वित हुने

झइन्द्र भण्डारी
८५६ पटक

स्वर्गद्वारी नगरपालिका प्यूठानमा सञ्चालन हुन थालेको स्वर्गद्वारी बृहत पम्पिङ्ग खानेपानी छिटै सञ्चालनमा आउने भएको छ । गत आर्थिक वर्षमा डिपीआर सम्पन्न भएको उक्त योजनाको टेन्डर प्रक्रिया पनि सम्पन्न भइसकेको छ । डिपीआरबाट अनुमानित ४२ करोड लागत भएको स्वर्गद्वारी बृहत खानेपानीलाई २ वर्षमा सम्पन्न गर्ने गरी सगुन कन्ट्रक्सन कम्पनी प्रालि बुटवलले टेन्डर पारी अहिले ३३ करोडको कार्ययोजना सम्झौता गरेको नगरप्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिए ।

स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ , ३, ४ र ९ का गरी करिब १ हजार ६ सय घरधुरीका झण्डै ९ हजार जनसंख्या लाभान्वित हुने उक्त योजनाको निर्माण कार्य अब एक हप्ताभित्रमा सुरू हुने खानेपानी योजनाका इन्जिनियर उत्सव पोख्रेलले जानकारी दिए । स्वर्गद्वारी बृहत पम्पिङ्ग खानेपानीको इण्ट्याङ्क स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ जिमुरपाटा तल माण्डवी खोलाको बगरमा बन्ने र त्यहाँबाट ६ स्टेपमा अन्य ट्याङ्कीहरू बनेर माथी वडा नम्बर २ का बस्तीसम्म पुराइने आयोजनाका प्रमुख उतुलेश कर्णले बताए । कर्णका अनुसार स्वर्गद्वारी नगरपालिकामा आयोजना सम्पन्न हुने विभिन्न स्थानहरूमा गरी जम्मा १७ ओटा पानी ट्याङ्की निर्माण गरी खानेपानी सञ्चालन गरिनेछ ।

नेपाल सरकारका पूर्व खानेपानी मन्त्री मणी थापाले स्वर्गद्वारीमा आएर तत्कालिन समयमा गरेको निर्णय र नेपाल सरकारद्वारा भएको बजेट बिनियोजनबाट सञ्चालन हुन थालेको खानेपानी योजनाबाट स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ का सम्पूर्ण बस्ती , वडा नम्बर ३ का केही बस्ती, वडा नम्बर ४ का धेरै जसो वस्ती र वडा नम्बर ९ का कालिपोखरी , सुखखोला , ठुलोपोखरी , बिसौना , घोरखन्य , लोप , सिम्ले लगायतका वस्तीहरूका परिवार लाभान्वित हुने नगर प्रमुख टेक प्रसाद भण्डारीले बताए । नगरप्रमुखका अनुसार अब यस्तै अर्को बृहत खानेपानी योजनाको लागि माग गरि वडा नम्बर ६, ७ , ८ सङ्गै वडा नम्बर ५ का बस्तीहरूमा बृहत खानेपानी योजनाको पहल गर्ने प्रक्रिया अगाडि बढेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...