News Portal

रेडियो सुन्नुहोस्

नेपाली समाज र अध्ययन संस्कृति वारे

घनश्याम अस्तित्व
१२९४ पटक

एकजना लेखकले भनेका थिए, Reading is to the mind what good food is to the body निश्चय नै सन्तुलित खाना शरीरका लागि जति आवश्यक छ, मस्तिष्कका लागि अध्ययन । चिन्तन र बिचार मन्थनमा अडिएको यो एक्काइसौ शताब्दिमा अध्ययन सँस्कृतिको बिकास गर्नु नेपाली समाजका लागि अपरिहार्य भइसकेको छ ।

औपचारिक शिक्षाको दृष्टिकोणले नेपाल अब त्यति पछाडि छैन । जुन गतिमा शिक्षामा लगानी र बिकास भइरहेको छ, त्यो निश्चय नै सन्तोसजनक मान्न सकिन्छ । जनस्तरबाट सबैको पहुँच हुन सक्ने गरि शिक्षाको सुरुआत भएको पनि त धेरै भएको छैन । नेपालको शिक्षामा आमुल परिवर्तन ल्याउनको लागि मुख्य बाधक नेपाली सामाजिक संरचना थियो, जसका नकारात्मक बलिया पक्षहरु भत्किदै गइरहेका छन् । यसलाई सकारात्मक रुपमा नै ब्याख्या गर्न सकिन्छ । हाम्रो बाजे पुस्ताको नेपाली समाज, स्कूल किन जाने ? पढेर के पाइन्छ ? भन्ने जस्ता प्रश्नहरुमै अल्झिन्थ्यो भने आजको हाम्रो समाजले यी प्रश्नहरु मेटेर स्कूल किन नजाने ? पढेर नपाइने के छ ? के गुमाइन्छ पढेर ? भन्ने जस्ता प्रश्नहरुमा चिन्तन थालेको छ । यो नै एक युगान्तकारी परिवर्तन हो ।

अध्ययन किन आवश्यक छ ? अध्ययन सँस्कृतिको बिकास गर्न किन जरुरी छ ? निश्चय नै यी यस्ता प्रश्नहरु सहजै उब्जन सक्छन् । यो स्वभाविक पनि छ । औपचारिक शिक्षा बिकासमा लामो संघर्ष चलिरहेको छ नेपालमा । चलिरहने छ पनि । नयाँनयाँ आयामहरुको विकास पनि भइरहेका छन् । अध्ययन सँस्कृति भन्नाले यहाँ औपचारिक शिक्षाको घेरालाई ब्याख्या गर्न खोजिएको होइन । बरु अध्ययन सँस्कृतिको एक महत्वपूर्ण पक्षभित्र औपचारिक शिक्षा रहन आउछ । नेपाली समाजले औपचारिक शिक्षाको दृष्टिकोणबाट केही खुट्किलाहरु पार गरिसकेको यो समयमा नेपालमा अध्ययन सँस्कृतिको बिकास गर्नु पनि जरुरी छ । अध्ययन सँस्कृति के हो ? यो किन आवश्यक छ ? म केही कुराहरु बुँदागत रुपमा उल्लेख गर्न चाहन्छु ः

अध्ययन सभ्यता तथा अध्ययन गर्ने वातावरणको निर्माण गर्दै एक महत्वपूर्ण आवश्यकता र दैनिक जीवन शैलिको अभिन्न अंगको रुपमा अध्ययनलाई ग्रहण गर्ने समाज बिकास गर्नु अध्ययन सँस्कृतिको निर्माण गर्नु हो ।

–औपचारिक अध्ययनका साथसाथै अन्य बिज्ञान, समाज, कला, साहित्य, भूगोल, राजनीति, जीवन, दर्शनको सम्बन्धमा अध्ययन थाल्नु अध्ययन सँस्कृति अन्र्तगत पर्दछ ।

–मुख्य त यो स्व अध्ययन हो ।

–यसको क्षेत्र असिमित छ । किताब र किताबका अक्षरहरुसंग खेल्नु मात्रै अध्ययन होइन । किताब (लेखन–पठन)लाई आधार बनाएर मान्छे, जीवन, समाज, भूगोल, प्रकृतिको बिषयमा चिन्तन गर्नु पनि अध्ययन हो ।

अध्ययन सँस्कृति आजको समाजको लागि अत्यन्तै आवश्यक भइसकेको छ । यसका केही महत्वपूर्ण उपलब्धिहरु त छन् नै साथसाथै यसले समाजमा रहेका नकारात्मक क्रियाकलापहरु हटाउनमा पनि अप्रत्यक्ष ढंगबाट महत्वपूर्ण भूमिका खेल्नेछ । त्यसका लागि अध्ययनलाई लत अथवा रुचिको विषयको रुपमा बिकास गर्नुपर्दछ । यसका केही महत्वपूर्ण परिवर्तनहरुलाई यसरी उल्लेख गर्न सकिन्छ ः

–मानिसमा रहेको निराशपन हट्दै सकारात्मक चिन्तनको बिकास हुन्छ ।

–कुनै पनि विषयप्रति आलोचनात्मक दृष्टिकोण र बिश्लेषणात्मक हेराइको बिकास हुन्छ ।

–खाली समयको सिर्जनात्मक सदुपयोग हुन्छ ।

–मानिसलाई हरबखत व्यस्त राख्दछ ।

–सकारात्मक चिन्तनको बिकास हुन्छ ।

–जुवातास, जाँडरक्सी जस्ता समाजका नकारात्मक पक्षहरु हट्दै जान्छन् ।

–सिर्जनशिलताको बिकास हुन्छ 

पछिल्लो समय नेपाली समाज बिकृतिमय बन्दै गइरहेको छ । जाँडरक्सी, जुवातास, गाँजाचुरोट जस्ता अम्मलीहरुको सिकार बनिरहेका छन् युवाहरु । औपचारिक शिक्षाले देखाएको बाटो हिंड्नु तर गन्तब्यमा पुग्न नसक्नु, उपलब्धि हाँसिल गर्न नसक्नुले सम्पूर्ण युवाहरुमा निराशपन देखिएको छ र बाध्य भएर कूबाटो हिंडिरहेका छन् । औपचारिक शिक्षाले अपेक्षा र आकांक्षाको भारी बोकाउनु तर राज्यले अवसरको सिर्जना नगर्नुले आजको यो नियति झेलिरहनु परेको छ । मान्छेको आकांक्षा, अपेक्षा र सपनाहरु बढाइदिनु तर परिपूर्तिमा ध्यान नदिइनुले शिक्षाप्रति नकारात्मक धारणाको बिकास भएको हो । सानो उमेरमै डक्टर, इन्जिनियर र पाइलट बन्नुपर्छ भन्दै आर्शिबाद दिने हाम्रो समाजको सबै भन्दा ठूलो कमजोरी यही हो । पाठ्यपुस्तक बाहेक अरु किताबहरु नानीबाबुको हातमा देखेपछि अब यी बरबादै हुने भए भन्ने धारणा हामीहरुले राख्नुले पनि हाम्रो समाज धेरै पछाडि परेको हो ।

अध्ययन र चिन्तन निकै जोडिएका विषय हुन् । यी दुर्ई एकअर्का बिना अर्थहिन हुन सक्छन् । चिन्तनको आधार तय गर्ने अध्ययनबाट नै हो । संसारका सबै सफल र असल ब्यक्तिहरु अध्ययन र चिन्तनकै कारण उचाइमा पुगेका हुन् । जति आबिस्कार र सिद्धान्तहरु जन्मिएका छन्, ती सबै अध्ययन र चिन्तनका परिणाम हुन् । गास, बास र कपास मानिसका आधारभूत आवश्यकताहरु हुन् । यी आवश्यकताहरुको पूर्ति पछि शिक्षा र स्वास्थ्य जोडिन्छन् । त्यसै अनुरुप अन्य मानवीय आवश्यकताहरु बढ्दै गइरहन सक्छन् । आजको समयमा चेतना र ज्ञान पनि आधारभूत आवश्यकता भइसकेका छन्, मानिस भएर बाँच्नका लागि । आजको यो बिकास र आविस्कारको सदुपयोग गर्न नजान्ने मान्छे अपांग बनेर बाँच्नुपर्ने स्थिती जन्मिसकेको छ “Great minds discuss ideas, average minds discuss events and small minds discuss people”बिश्व प्रसिद्ध कबि जोन मिल्टनको यो भनाई बिश्व समाजको यथार्थ हो । उनले समाजको लामो अध्ययन र चिन्तनकै कारण यो बोल्न सकेका थिए । साँच्चै बिचार र चिन्तनहरुको मन्थन गर्ने समाज निर्माणका लागि महान बिचारकहरुको आवश्यकता हो नेपाली समाजका लागि पनि । त्यो अध्ययनबाट मात्रै सम्भव छ । त्यो चिन्तनबाट मात्रै सम्भब छ । यही नै सभ्य समाज निर्माणको प्रमूख आधार पनि हो । हामी परिबर्तित हुन जरुरी छ । हाम्रो समाजमा परिवर्तन ल्याउन जरुरी छ ।

अध्ययन एउटा त्यस्तो मार्ग तथा बाटो पनि हो कि मान्छे आफै आफ्नो नियन्त्रक बन्छ । अनुशासन के हो ? जीवन के हो ? जीवनमा के गर्नुपर्छ ? कस्तो मान्छे बन्नुपर्छ ? त्यो अध्ययबाट व्यक्ति आफै जानकार बन्ने अवसर प्राप्त गर्दछ । हाम्रो शिक्षा पद्धतिले कहिल्यै पढ्न सिकाएन । हाम्रो शिक्षा पद्धतिले पढायो मात्रै । त्यसैले पनि अध्ययनको वातावरण सिर्जना हुन नसकेको हो । पढ्ने वातावरणको सिर्जना गर्नु मात्रै आजको आवश्यकता हो । के हो पढ्ने भन्ने कुरा मात्रै जानेर हुँदैन । कसरी पढ्ने भन्ने कुरा मात्रै जानेर पनि हुँदैन । हामीले जान्नुपर्ने कुरा केलाई कसरी पढ्ने भन्ने कुरा हो । दुनियामा आजसम्म लेखिएका पुस्तकको दस प्रतिशत पनि हामीले जीवनभर पढेर सक्न सक्दैनौ । र, सबै पढ्नुपर्र्ने आवश्यकता पनि होइन । कस्ता पुस्तक पढ्ने ? त्यो कुरा जान्नका लागि पनि स्वयं अध्ययनमा होमिन जरुरी छ । केही यस्ता किताबहरु पनि लेखिएका छन्, ती बिष भन्दा पनि हानिकारक छन् । ती किताबहरु पढ्नुको औचित्य छैन । कुनै किताबहरु त्यस्ता छन्, जसले जीवन सिकाउछन् । आजको युग, नेपाली समाज, भूमण्डलिकरणको यो समय अनुरुप पनि अध्ययन सँस्कृतिको बिकास गर्नु जरुरी छ । आज कोठामै बसेर पनि दुनिया जान्न सकिन्छ । दुनियालाई पढ्न सकिन्छ । यो फाइदा नेपाली समाजले किन नलिने ? हामी आफैलाई किन पछाडी पार्ने ? यो समयको आवश्यकता पनि हो कि हामीहरु अलि चनाखो हुन जरुरी छ । हरेक चिजका फाइदा र बेफाइदा दुबै हुन्छन् । हामी बेफाइदाहरु पन्छाएर फाइदा लिनबाट पछाडि किन हट्ने ? फुर्सदको समयलाई मात्रै पनि सदुपयोग गरेर अध्ययनमा लगाइदिने हो भने हाम्रो जीवनको धार धेरै बदलिन सक्छ । महत्वकांक्षा, सपना, र आकांक्षाहरुको सिकार बनिरहेका छन् मान्छेहरु । जीवन र जगत के हो ? भन्ने बुझ्नका लागि पनि अध्ययन नै जरुरी छ ।

नेपाली समाजमा अहिले बिकृृतिमय बन्दै गइरहेको छ । जाँडरक्सी, गाँजा, चुरोट, जुवातासको सिकार बनिरहेका छन्, धेरै मान्छेहरु । मानिस फुर्सदिलो हुनु र फुर्सद धकेल्ने एउटा गतिलो उपाय नहुनुले यस्ता बिकृतिहरु बढ्दै गएका हुन् । फुर्सद र अध्ययनलाई जोडेर नयाँ सँस्कृति अध्ययन सँस्कृतिको बिकास गर्न सकियो भने हामी धेरै सभ्य बन्न सक्नेछौ । त्यो युगान्तकारी उपलब्धि हुनेछ हाम्रो लागि । अध्ययनबाटै हामीमा धेरै परिबर्तन आउन सक्छ । जीवन, जगत, समय र समाजप्रति राम्रो अबधारणाको बिकास हुनेछ । अध्ययन सँस्कृतिको बिकास गर्न सकेमा निश्चय नै नेपाली समाजमा आमुल परिवर्तन आउनेछ ।

प्रतिकृया दिनुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...

अहिलेको शैक्षिक अवस्था, एक चिन्तन

आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट...