News Portal

रेडियो सुन्नुहोस्

जीवनकाे रङ्ग : जाँगर भए रोजगारी गाउँमै भेटिन्छ

च्याउखेति गर्ने पोख्रेलले कमाउछिन दैनिक एक हजार

सुजता थापा क्षेत्री (भण्डारी)२०७९ श्रावण १८, प्यूठान
११०० पटक
२०७९ श्रावण १८, प्यूठान

पौरख गर्नको लागि धेरै टाढा जानु पर्दैन । घर वरिपरि आम्दानीका स्रोतहरु थुपै्र भेटिन्छन् । मल्लरानी गाउँपालिका ४ खलंगाकी ४१ वर्षीय सपना पोख्रेलले सबैलाई यो उदाहरण प्रस्तुत गरेकी छन् । उनको कुइनोभन्दा तल दुवै हात छैनन् । इच्छा शक्ति भएपछि शारिरिक रुपमा अशक्तताले केहि फरक नपार्ने उनी बताउछिन् ।

पोख्रेलले सपना च्याउ उद्योग नामक घरेलु उद्योग खोलेको ५ वर्ष भइसक्यो । उनी यसैमा रमाएकी छन् । उनले अरु सरह कमाई गरिहेकी छन् । शारिरीक अपांगता भएका व्यक्ति कमजोर छैनन् भन्ने यो बलियो उदारण बनेकी छन् । उनी जन्मजात शारिरिक रुपमा अशक्त महिला हुन् । जाडो समयमा ४५ दिनमा तयार हुने कन्य जातको च्याउले गर्मीको मौसममा महिना भित्रै उत्पादन दिने गर्दछ । यो बिक्री गरेर उनले दैनिक औसतमा १ हजार रुपैयाँ कमाउछिन् ।

नेपालगञ्ज तालिम केन्द्र खजुरा बाँकेबाट उनले च्याउ खेती सम्बन्धी १० दिने तालिम लिएपछि १० हजार लगानीमा च्याउ खेती सुरु गरेकी थिइन । च्याउ खेती सुरु गर्ने समयमा मल्लरानी गाउँपालिकाले सो खेती गर्नका लागि अनुदान स्वरुप एउटा टहरो निर्माण गरिदिएको बताइन् । यसका साथै सो तालिम केन्द्रले ३० हजार रुपैयाँ रकम अनुदान दिएको थियो ।

घरेलु तथा सानाउद्योग कार्यालय प्यूठानले १ लाख बराबरको पराल काट्ने मेसिन समेत अनुदान स्वरुप उपलब्ध गराएको पोख्रेलले बताइन । उनले एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयबाट समेत ८० हजार रुपैया रकम अनुदान पाइकी छन् । अनुदान पाएपछि उनमा उर्जा थपीएको छ । सपनाले च्याउको सीजनमा ६ महिनाको लागि १ जना कामदार समेत राख्ने गर्दछिन् । ‘हात गोडामा एलर्जी आउँछ ,’ उनले भनिन् ‘त्यसैले १ जनालाई दैनिक ५ सय ज्यालामा ६ महिनाको लागि पराल काट्न कामदार राख्ने गरेकी छु ।’ च्याउ खेतिमा मात्र होइन उनले महिला जागरण बहुउदेश्य सहकारी संस्था खलंगामा दैनिक बचत उठाउने जागिर समेत गर्दै आइरहेकी छिन । एसएलसीसम्म पढाई पूरा गरेकी उनले यो काम पनि राम्रोसंग सम्पादन गर्दै आएकी छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...