News Portal

रेडियो सुन्नुहोस्

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुने

झुलेनी पोष्ट २०७९ भदौ १८, प्यूठान
१०८१ पटक
२०७९ भदौ १८, प्यूठान

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ । शुक्रबार नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डले असोज ३० र ३१ गते ग्रेडवृद्धि परीक्षा हुने जानकारी दिएको हो । दुई विषयमा ननग्रेडिङ अर्थात एनजी आउने परीक्षार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।

यसअनुसार ननग्रेडिङमा परेका एकलाख ८८ हजार ४ सय १० जना विद्यार्थीमध्ये १ लाख ३० हजार ८ सय ७८ जनाले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । ग्रेडवृद्धि परीक्षामा दुवै विषयमा कम्तिमा १ दशमलव ६ जीपीए ल्याएमा मात्र उच्च शिक्षा पढ्न पाइने बोर्डले जनाएको छ । शुक्रबारप्रकाशित नतिजाअनुसार आधाभन्दा बढी परीक्षार्थी ननग्रेडिङमा परेका छन् ।

लेटर ग्रेडिङ निर्देशिका अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङक ल्याउनुपर्ने हुन्छ ।  तोकिएको अङ्कभन्दा कम अङ्क ल्याएकाको प्रमाणपत्रमा एनजी अर्थात नन ग्रेडिङ भनेर लेखिने जनाइएकाे छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...