News Portal

रेडियो सुन्नुहोस्

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुने

झुलेनी पोष्ट २०७९ भदौ १८, प्यूठान
१३२८ पटक
२०७९ भदौ १८, प्यूठान

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ । शुक्रबार नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डले असोज ३० र ३१ गते ग्रेडवृद्धि परीक्षा हुने जानकारी दिएको हो । दुई विषयमा ननग्रेडिङ अर्थात एनजी आउने परीक्षार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।

यसअनुसार ननग्रेडिङमा परेका एकलाख ८८ हजार ४ सय १० जना विद्यार्थीमध्ये १ लाख ३० हजार ८ सय ७८ जनाले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । ग्रेडवृद्धि परीक्षामा दुवै विषयमा कम्तिमा १ दशमलव ६ जीपीए ल्याएमा मात्र उच्च शिक्षा पढ्न पाइने बोर्डले जनाएको छ । शुक्रबारप्रकाशित नतिजाअनुसार आधाभन्दा बढी परीक्षार्थी ननग्रेडिङमा परेका छन् ।

लेटर ग्रेडिङ निर्देशिका अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङक ल्याउनुपर्ने हुन्छ ।  तोकिएको अङ्कभन्दा कम अङ्क ल्याएकाको प्रमाणपत्रमा एनजी अर्थात नन ग्रेडिङ भनेर लेखिने जनाइएकाे छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...