


सर्पले डस्दा प्यूठानमा एकजनाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका वडा न ५ डामृकि ४६ वर्षीया जलसरा के.सी.को सर्पको डसाइबाट ज्यान गएको हो ।
शौचालयमा सफा गर्ने क्रममा केसीलाइ सर्पले डसेको थियो । नाैबहिनीको डामृमा घर भएपनि उनिहरुको परिवार मल्लरानी गाउँपालिकाको चुजामा बस्दै आएको थियो ।
स्वर्गद्वारी नपा ९ लामाचौरमा रहेको शर्पदंश उपचार केन्द्रमा उपचारका क्रममा के.सी.को मृत्यु भएको हो । बेहोस अवस्थामा उपचार केन्द्रमा पुर्याइएकि केसीको उपचारमा प्रयास गरेपनि सुधार नभएको उपचार केन्द्रबाट प्रमुख हेमराज पौडेलले बताए ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

