News Portal

रेडियो सुन्नुहोस्

प्यूठानी जनताको आशा टुट्न दिने छैन ःसूर्य थापा

झुलेनी नेटवर्क२०७९ कार्तिक ८
७९९ पटक
२०७९ कार्तिक ८

प्रतिनिधिसभा सदस्यका उम्मेद्वार सूर्य थापाले प्युठानी जनताको आशा र भरोसालाई टुट्न नदिने गरि जिल्लाको बिकास र समृद्धिको लागि आफु लाग्ने बताएका छन् । उनले समाज र राष्ट्र निर्माणको मेरुदण्ड युवा शक्तिलाई देश निर्माणमा मुलप्रवाहमा जोड्न सकेमात्रै जिल्लाको बिकासमा गति लिन सक्ने बताए । राष्ट्रिय युवा संघ नेपाल प्युठानको निर्वाचन केन्द्रित भेला र प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले युवालाई बिहानीको सुर्योदयसंग तुलना गर्दै गाउँ देश बदल्न युवा शक्तिको खाचो अपरिहार्य भएको बताए । युवा शक्ति एकजुट भएर लागेमा समाजका तमाम बिकृतीहरु अन्त्य हुने छ । एमाले पोलिटब्युरो सदस्य तथा प्युठान इन्चार्ज थापाले युवा कुलतबाट मुक्त हुनुपर्ने धारणा राख्नुभयो । उनले भने,“युवाको दृष्टिकोण सहि हुनुपर्छ, जब दृष्टिकोण सफा र सहि हुन्छ, युवाले देशको भबिश्य निर्माण गर्न सक्छन “।

निर्वाचन जितेर ६४ वडामा एक पटक अनुहार नदेखाउने ब्यक्तिलाई गठबन्धनले झुटो प्रचार गरेर जनता झुक्याउने काम गरिरहेको बताए । एमालेले जनतासंग गठबन्धन गरेर अघि बढेकाले जित सुनिश्चित भएको दावी गर्नुभयो । एमालेको काम र जनलहर देखेर अतालिएका शक्तिहरूबीचको गठबन्धनले देशमा बिकास र समृद्धि ल्याउनको सट्टा उल्टै मुलुकमा राजनीतिक अस्थिरता सृजना गरेका छन्,’ उनले भने, ‘अब अस्थिरता सृजना गरी विकासका काम रोक्ने उद्देश्य बोकेका गठबन्धनको अन्त्यका लागि एमालेमा मतदान गर्नुपर्ने बेला आएको छ ।’ नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उमेदवार सुर्य थापाले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न, जनताको स्थिर र बलियो सरकार निर्माण गर्न, राष्ट्रिय हितको रक्षा गर्न, सुशासन कायम गर्न, गुमेको भूमि फिर्ता ल्याउन तथा आर्थिक बिकास गरि देश बिकस र समृद्धि ल्याउन नेकपा एमालेको पक्षमा जनउभार ल्याउन युवा तथा कार्यकर्ता परिचालन हुनुपर्ने बताएका छन् । प्युठानमा गठबन्धनका कारण नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)का असल र जनप्रेमी कार्यकर्ताको मनमा चोट पुगेको भन्दै ती कार्यकर्ताको भावनाको सम्मान गर्ने बताउनुभयो । “नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)का असल र जनप्रेमी कार्यकर्ताको म सम्मान गर्दछु उहाहरुको मनको पनि सम्मान गर्दछु । प्युठानको भबिश्यको लागि उहाँहरुको मतको भावनाको सम्मान गरेर अगाडि बड्ने अठोट गर्दछु ।” थापाको भनाइ थियो ।

त्यस्तै प्रदेश ‘क’ का प्रदेश सभा सदस्य तुल्सिराम शर्माले मुलुकमा रोजगारी सृजना गरी वैदेशिक रोजगारीमा जानैपर्ने नेपाली युवायुवतीको बाध्यताको अन्त्य गर्न देशमै रोजगारीका अवसर सृजना गर्नुपर्ने बताए । उनले भने,‘रोजगारीका लागि विदेश जाने बाध्यताको अवस्थालाई बदल्नुपर्छ ।` युवा शक्तिलाई देश बिकास र समृद्धिमा जोड्नु पर्ने उनको भनाइ थियो । प्रदेश ‘ख’ प्रदेश सभा सदस्य हरि प्रसाद रिजालले नेकपा एमाले देशको एकमात्र जनमुखी पार्टी भएकाले सुर्य ध्वजाबाहक उम्मेदवारहरूलाई विजयी बनाउने दायित्व आम मतदाता, जनसमुदाय र सम्बन्धित पार्टीका नेता–कार्यकर्ताको अह्म दायित्व भएको बताउँदै उनले सबै मन वचन र कर्मले लाग्नुपर्ने बताए । कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष बिजय बिराज बिष्ट समानुपातिक उमेदवार सुरज मगर बेगम बिश्वकर्मा अनेरास्ववियुका केन्द्रिय सचीव धर्म गिरी राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य लिला जिसी लगाएलाले सम्बोधन गरेका थिए । कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा संघ नेपाल प्युठानका संयोजक बिसेक थापा, स्वागत किरण केसी र कार्यक्रमको संचालन सगर पन्डित्ले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...