News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : गौमुखी गाउँपालिकाले कृषि उपज खरिद गर्ने

सुजाता थापा क्षेत्री२०७९ मङ्सिर २० गते, प्यूठान
३८३ पटक
२०७९ मङ्सिर २० गते, प्यूठान

गौमुखी गाउँपालिकाले आफ्नो पालिका भित्रका विभिन्न ठाउँलाई कृषि उत्पादन पकेट क्षेत्र निर्माण गर्ने भएको छ । पालिका अनुसार कोदो, फापर, सुन कागती, केरा, भट्टमास, अम्बा, दाँते ओखर लगायतका पकेट क्षेत्र निर्माण गरिदँै छ । आलुको बिउ उत्पादन पकेट क्षेत्र भने सञ्चालनमा आइसकेको छ । आलुको विउ उत्पादन केन्द्र लुम्बिनी प्रदेशकै पहिलो भएको पालिका उपाध्यक्ष महावीर रानाले जानकारी दिए ।

 

पालिकाको विभिन्न क्षेत्र जस्तै जाँडगाउँमा सुन कागती २ हजार विरुवा रोप्ने, वाग्लिवाङमा दाँते ओखर २ हजार विरुवा, काफलबासा, फोर्साखर्क, कल्ले, ठोक्रेसा, भेडाबारी, गाउँफाटा, बरबाङ्ग लगायतका गाउँहरुलाई समेटेर केराबारी बनाई २ हजार विरुवा रोप्ने, खुङ र लिवाङको केहि भुभागमा अम्बा २ हजार विरुवा रोपेर पकेट क्षेत्र निर्माण गरिदै छ भने लिवाङको बुट्टीचौरमा आलुको बिउ उत्पादन केन्द्र सञ्चालनमा आइसकेको छ । रैथाने वाली प्रवद्धनका लागि अर्खा र रजवाराका केहि उच्च भुभागहरुमा फापर वाली पकेट क्षेत्र बनाइने भएको छ तथा फापर, कोदो र भटमास सहितको पकेट क्षेत्र निर्माण गरिएको समेत राना बताए ।

पालिकाले, कृषकले उत्पादन गरेका सबै कृषिजन्य उत्पादनहरु खरिद गरि बजारीकरण गरिदिने नीति ल्याएको छ । कृषिजन्य उत्पादनहरुको मुल्य पालिकाले नै निर्धारण गरि बजारिकरण गर्ने र कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने भएको रानाले बताए । कृषि एम्बुलेन्सले कृषकका घरघरमा गई कृषिजन्य उत्पादन खरिद गर्ने र बजारसम्म पुर्याई व्यवस्थापन गर्ने भएको छ । प्रयाप्त र गुणस्तरीय उत्पादनका लागि कृषकलाई व्यवसायीक बनाउने र आफ्नो कार्यकाल भित्रै व्यवसायीककरण, आधुनिकिकरण र यन्त्रिककरण यी तिन सुत्रको आधारमा यहाँका जनताको आर्थिक जीवन स्तर माथि उकास्न भरपूर पहल गर्ने रानाको भनाई छ । कृषि पकेट क्षेत्र व्यवस्थित बनाउन प्रत्येक क्षेत्रमा कृषक समुहहरु तथा सहकारी समुह गठन गरेको समेत उनले बताए ।

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...