News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : गौमुखी गाउँपालिकाले कृषि उपज खरिद गर्ने

सुजाता थापा क्षेत्री२०७९ मङ्सिर २० गते, प्यूठान
९९१ पटक
२०७९ मङ्सिर २० गते, प्यूठान

गौमुखी गाउँपालिकाले आफ्नो पालिका भित्रका विभिन्न ठाउँलाई कृषि उत्पादन पकेट क्षेत्र निर्माण गर्ने भएको छ । पालिका अनुसार कोदो, फापर, सुन कागती, केरा, भट्टमास, अम्बा, दाँते ओखर लगायतका पकेट क्षेत्र निर्माण गरिदँै छ । आलुको बिउ उत्पादन पकेट क्षेत्र भने सञ्चालनमा आइसकेको छ । आलुको विउ उत्पादन केन्द्र लुम्बिनी प्रदेशकै पहिलो भएको पालिका उपाध्यक्ष महावीर रानाले जानकारी दिए ।

 

पालिकाको विभिन्न क्षेत्र जस्तै जाँडगाउँमा सुन कागती २ हजार विरुवा रोप्ने, वाग्लिवाङमा दाँते ओखर २ हजार विरुवा, काफलबासा, फोर्साखर्क, कल्ले, ठोक्रेसा, भेडाबारी, गाउँफाटा, बरबाङ्ग लगायतका गाउँहरुलाई समेटेर केराबारी बनाई २ हजार विरुवा रोप्ने, खुङ र लिवाङको केहि भुभागमा अम्बा २ हजार विरुवा रोपेर पकेट क्षेत्र निर्माण गरिदै छ भने लिवाङको बुट्टीचौरमा आलुको बिउ उत्पादन केन्द्र सञ्चालनमा आइसकेको छ । रैथाने वाली प्रवद्धनका लागि अर्खा र रजवाराका केहि उच्च भुभागहरुमा फापर वाली पकेट क्षेत्र बनाइने भएको छ तथा फापर, कोदो र भटमास सहितको पकेट क्षेत्र निर्माण गरिएको समेत राना बताए ।

पालिकाले, कृषकले उत्पादन गरेका सबै कृषिजन्य उत्पादनहरु खरिद गरि बजारीकरण गरिदिने नीति ल्याएको छ । कृषिजन्य उत्पादनहरुको मुल्य पालिकाले नै निर्धारण गरि बजारिकरण गर्ने र कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने भएको रानाले बताए । कृषि एम्बुलेन्सले कृषकका घरघरमा गई कृषिजन्य उत्पादन खरिद गर्ने र बजारसम्म पुर्याई व्यवस्थापन गर्ने भएको छ । प्रयाप्त र गुणस्तरीय उत्पादनका लागि कृषकलाई व्यवसायीक बनाउने र आफ्नो कार्यकाल भित्रै व्यवसायीककरण, आधुनिकिकरण र यन्त्रिककरण यी तिन सुत्रको आधारमा यहाँका जनताको आर्थिक जीवन स्तर माथि उकास्न भरपूर पहल गर्ने रानाको भनाई छ । कृषि पकेट क्षेत्र व्यवस्थित बनाउन प्रत्येक क्षेत्रमा कृषक समुहहरु तथा सहकारी समुह गठन गरेको समेत उनले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...