News Portal

रेडियो सुन्नुहोस्

हाम्राे नजर : आहा ! गुलियो सुन्तला

बिबस घर्ती मगर२०७९ पाैषा ०६ गते, प्यूठान
१०६५ पटक
२०७९ पाैषा ०६ गते, प्यूठान

यो सिजनमा बिजुवारको मित्रमणि चोकमा सधैजसो ६/७ जना महिलाहरुले सुन्तला र कमला बिक्रि गर्दै गरेको अवस्थामा भेटिन्छन् । गाउँको सुन्ताला बजार झारेर बिक्री गरेर उनीहरुले परिवार पाल्दै आएका छन् ।

 

घर गुजारा चलेको छ । प्यूठान नगरपालिका १० छेपानेका बसन्ता गुरुङ्ग उमेरले अहिले २१ भइन । उनका ३ परिवार छन, श्रीमान कामको सिलशिलामा बाहिर छन् । सिजनको समयमा उनि कमला लिएर प्राय जसो प्यूठान नगरपालिका ४ मित्रमणिचोकमा आउँछन् । अनि दैनिक जसो लगभग सबै सुन्तलाहरु बिक्रि गरेर साँझ घर फर्कन्छन् । तर कहिलेकाही भने सबैजसो कमला बिक्रि नहुँदा घर पनि फर्काएर लैजानु पर्ने बाध्यता हुन्छ । बिहान देखी साँझसम्मको कमाई कसोकसो १२/१५ सय हुन्छ । त्यही गर्दै उनि एक सिजनमा झन्डै ६०/६५ हजारको आम्दानी गर्दछिन । बसन्ता कमला बेच्न थालेको बल्ल २ बर्ष जति भयो ।

उनको बगैचामा सानाठूला गरेर झन्डै १ सय ५० कमलाका बोट छन् । सुन्तला जस्तो कमला धेरै बिक्रि नहुँने उनको अनुभव छ । त्यस्तै झिमरुक गाउँपालिका ५ चुधाराका इन्दिरा गुरुङ्ग पनि त्यस्तै व्यवसाय गर्दै आएकी छन् । उमेरले ३५ बर्ष पुगेकी इन्दिराले भने सुन्तला बेच्दा दैनिक सबै बिक्रि भए ७/८ हजार सम्म कमाइ हुने बताइन् । उनी ७/८ बर्षदेखी मित्रमणि चोकमा बिक्रि गर्दै आइरहेको सुनाइन । एक सिजनको समयमा उनि दुई लाख ५० हजार देखी तीन लाख सम्म कमाइ गर्दछिन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...