News Portal

रेडियो सुन्नुहोस्

पर्यटनबाट प्यूठानलाई समृद्ध बनाउन सकिने

बिबश घर्ति मगर ०८ पौष ०७९
११०७ पटक
०८ पौष ०७९

पर्यटनको हिसाले प्यूठान धेरै सम्भावन भएको जिल्ला रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । शुक्रबार पर्यटन ग्रामिण तथा शहरी बिकास मन्त्रालय लुम्बिनी प्रदेश, पर्यटन विकास परिषदको आयोजना तथा प्यूठान उद्योग बाणिज्य संघको सहआयोजनामा भएको एक दिने गोष्ठिमा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । प्यूठान नगरपालिका नयाँबजार स्थित होटेल आयुष्मामा भएको कार्यक्रममा प्यूठान जिल्ला पर्यटनको हिसावले निकै राम्रो रहेको जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी ले बताए । पर्यटनलाई व्यवस्थि गर्न सबै सरोकारवाला निकायको सहयोग अपरिहार्य रहेको उनको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले प्यूठान जिल्लाको लागि कार्यक्रम अवसर भएको बताइन । जिल्लाको मुख्य पर्यटकीय गन्तब्य स्वर्र्गद्धारीले जिल्लाको पर्यटकीय क्षेत्रमा टेवा नपु¥याउने भएकाले अन्य लुकेर रहेका वा ओझेलमा परेका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रचार हुनुपर्ने उनले बताइन । जिल्लामा धेरै पर्यटकीय क्षेत्र रहेर पनि सूचनाको अभावले गर्दा कैयौ क्षेत्र पछि परेको समेत उनले बताईन् । गोष्ठि कार्यक्रममा छलफल गर्ने क्रममा बोल्ने बक्ताहरुले प्रचुर मात्रामा डिजिटल मिडिया, पर्यटन सम्बन्धि व्यवसायीलाई प्रोत्साहन गर्ने तथा यी यस्ता कार्यक्रमहरु कहिलेकाही मात्र नभइ निरन्तररुपमा रहेमा पर्यटन बिकासमा सहयोग पुग्ने बताएका थिए ।


पर्यटन बिकास परिषद लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक रामु जोशीले कार्यक्रमको औचित्य माथि प्रकास पारेका थिए । उनले पहिलो चरणमा लुम्बिनी प्रदेशको १२ वटै जिल्लामा यस्ता कार्यक्रमहरु हुने बताए । साथै यो कार्यक्रमले निजी क्षेत्रको सहभागिता बनाउने, राष्ट्रिय क्षेत्रहरुको माहोल बनाउने, होटलहरुको क्षमता बिकास गराईदिने, प्रदेशलाई आकर्षक पर्यटन केन्द्र बनाउने र मेलामहोत्सवका कार्यक्रमलाई प्रवद्धन गर्ने बताएका छन् । कार्यक्रमको अध्यक्ष समेत रहेका प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष पशुपति नकर्मीले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु निरन्तर हुनुपर्ने बताए । कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, लयागय अन्य सरोकारवालाहरुले मन्तव्य राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...