News Portal

रेडियो सुन्नुहोस्

लुम्बिनी प्रदेशका नयाँ सांसदहरुको भोलि दिउँसो १ बजे शपथ हुने

झुलेनी पोष्ट१६ पुष २०७९
४१३ पटक
१६ पुष २०७९

लुम्बिनी प्रदेश सभाले आफ्नै नयाँ संरचनामा सांसदहरुलाई शपथ ग्रहण गराउने भएको छ। शपथ भोलि दिउँसो १ बजे हुने भएको लुम्बिनी प्रदेश सचिवालयले जनाएको छ। प्रदेश प्रमुख अमिक शेरचनको स्वागत, र सलामी पछि शपथ हुने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

पुस १८ गते सोमबारका दिन प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा अधिवेशन आह्वान समेत गरेका छन्। जसको अघिल्लो दिन आइतबार शपथ ग्रहण गर्ने भएको हो। ८७ जना सांसद रहेको लुम्बिनीमा स्थायी राजधानी देउखुरीस्थित नवनिर्मित प्रदेश सभा भवनमा नयाँ सांसदले शपथ लिनेभएका छन्। पाँच करोड २० लाखको लागतमा सो भवन निर्माण गरिएको हो।

प्रत्यक्षतर्फ ५२ र समानुपातिक ३५ गरेर ८७ सदस्यीय प्रदेश सभा रहेको छ। एमाले २९ सदस्यसहित सबैभन्दा ठूलो दल रहेको छ। नेपाली कांग्रेस २७, नेकपा माओवादी केन्द्र ९, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी ३, लोकतान्त्रिक समाजवादी ३, राष्ट्रिय जनमोर्चा एक, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र ३ जना छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...