News Portal

रेडियो सुन्नुहोस्

लुम्बिनी प्रदेशका नयाँ सांसदहरुको भोलि दिउँसो १ बजे शपथ हुने

झुलेनी पोष्ट१६ पुष २०७९
६०३ पटक
१६ पुष २०७९

लुम्बिनी प्रदेश सभाले आफ्नै नयाँ संरचनामा सांसदहरुलाई शपथ ग्रहण गराउने भएको छ। शपथ भोलि दिउँसो १ बजे हुने भएको लुम्बिनी प्रदेश सचिवालयले जनाएको छ। प्रदेश प्रमुख अमिक शेरचनको स्वागत, र सलामी पछि शपथ हुने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

पुस १८ गते सोमबारका दिन प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा अधिवेशन आह्वान समेत गरेका छन्। जसको अघिल्लो दिन आइतबार शपथ ग्रहण गर्ने भएको हो। ८७ जना सांसद रहेको लुम्बिनीमा स्थायी राजधानी देउखुरीस्थित नवनिर्मित प्रदेश सभा भवनमा नयाँ सांसदले शपथ लिनेभएका छन्। पाँच करोड २० लाखको लागतमा सो भवन निर्माण गरिएको हो।

प्रत्यक्षतर्फ ५२ र समानुपातिक ३५ गरेर ८७ सदस्यीय प्रदेश सभा रहेको छ। एमाले २९ सदस्यसहित सबैभन्दा ठूलो दल रहेको छ। नेपाली कांग्रेस २७, नेकपा माओवादी केन्द्र ९, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी ३, लोकतान्त्रिक समाजवादी ३, राष्ट्रिय जनमोर्चा एक, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र ३ जना छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...