News Portal

रेडियो सुन्नुहोस्

प्युठान नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

बिबश घर्ति मगर२० पुष २०७९
२५८ पटक
२० पुष २०७९

प्युठान नगरपालिका भित्र रहेका सबै सडकको स्तरउन्नती भइरहेको र भुगोलले पछि परेका विकट ठाउँहरुलाई बढी प्राथमिक दिइएको नगर प्रमुख बिष्णु योगिले बताए । नगरपालिको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुको गुनासोको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । उनले सडक मात्र नभई नगरपालिका भित्र रहेका शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार बिकास तथा यातायातको निश्चित भाडादर मा नगरपालिका लागि परेको भन्दै त्यसलाई सुधार गर्ने बताए । जनतासङ्ग सम्बन्धि योजनाहरु उपयुक्त छ, छैन भन्ने कुराको बढी चासो सबैमा हुनुपर्ने समेत बताएका छन् । त्यस्तै नगरपालिकामा सोचेअनुसारको काम र प्रगती भइरहेको नगर उपप्रमुख देबेन्द्र बर्माले बताए । त्रुटिपूर्ण रहेका कामहरु नगरपालिकाले निरन्तरता दिने बताउदै नगरपालिकाले भोगिरहेको र देखिरहेको कुराहरु यथार्थ देखाउन समेत प्रकाशित तथा प्रसारण गर्ने मिडियाहरुमा आग्रह गरेका छन् ।


आम्दानी ७३ करोड ५५ लाख एक हजार मध्य २० करोड २४ लाख ६४ हजार नौ सय ५८ आम्दानी भएको छ भने खर्छ तर्फ १२.९७ प्रतिशात अर्थात ९ करोड ५४ लाख २ हजार २ सय ३२ रहेकोमा ६४ करोड ९८ हजार ७ सय ६८ बाकी रकम रहेको छ ।

प्युठान नगरपालिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ प्युठानको सहजीकरणमा कार्यक्रम भएको हो । प्युठान नगरपालिका नगरप्रमुख बिष्णु योगिको अध्यक्षता,  प्रमुख अतिथी पत्रकार महासङ्घ जिल्ला शाखा प्युठानका अध्यक्ष सन्जय रिजाल, बिशिस्ट अतिथी नगर उपप्रमुख देबेन्द्र बर्मा, प्रमुख प्रशासकीय अधिकृत महेश कुमार गुरुङ तथा वडाका वडा अध्यक्षहरु,  कार्यपालिका सदस्यहरु,  स्वास्थ्य शाखाका प्रमुखहरु तथा विभिन्न कार्यलयका कर्मचारिको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा प्युठानका सचिव प्रकाश बैद्देले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पूर्णिमाको अवसरमा प्यूठानका बिभिन्न ठाउँमा मेला लाग्दै

पूर्णिमाको अवसरमा आज प्यूठानका विभिन्न स्थानमा मेला लाग्दैछ। प्यूठान नगरपालिकाको बखडी मेला, बेलपत्रस्वर महादेब मन्दिर...

नौबहिनीमा आज स्थानीय बिदा

नौबहिनी गाउँपालिकाले कोजाग्रत पूर्णिमामा स्थानीय बिदा दिएको छ। अध्यक्ष स्तरिय निर्णय अनुसार स्थानीय बिदा दिईएको...

सामाजिक समस्या बुझ्न प्रजिअ गाउँमा 

प्यूठान,  जिल्लाका ग्रामीण क्षेत्रमा  भइरहेका सामाजिक समस्याका बारेमा प्रमुख जिल्ला अधिकारी रमा आचार्य(सुवेदी)ले स्थानीयसँग छलफल...

राष्ट्रपतिको शुभकामना: स्थायित्व, सुशासन र समृद्धिको कामना

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका...

कता फर्किएर लगाउने दशैंको टीका ? ८:३३ मा देवि विसर्जनपछि लगाउन सकिने

बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो...