News Portal

रेडियो सुन्नुहोस्

प्युठान नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

बिबश घर्ति मगर२० पुष २०७९
५५६ पटक
२० पुष २०७९

प्युठान नगरपालिका भित्र रहेका सबै सडकको स्तरउन्नती भइरहेको र भुगोलले पछि परेका विकट ठाउँहरुलाई बढी प्राथमिक दिइएको नगर प्रमुख बिष्णु योगिले बताए । नगरपालिको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुको गुनासोको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । उनले सडक मात्र नभई नगरपालिका भित्र रहेका शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार बिकास तथा यातायातको निश्चित भाडादर मा नगरपालिका लागि परेको भन्दै त्यसलाई सुधार गर्ने बताए । जनतासङ्ग सम्बन्धि योजनाहरु उपयुक्त छ, छैन भन्ने कुराको बढी चासो सबैमा हुनुपर्ने समेत बताएका छन् । त्यस्तै नगरपालिकामा सोचेअनुसारको काम र प्रगती भइरहेको नगर उपप्रमुख देबेन्द्र बर्माले बताए । त्रुटिपूर्ण रहेका कामहरु नगरपालिकाले निरन्तरता दिने बताउदै नगरपालिकाले भोगिरहेको र देखिरहेको कुराहरु यथार्थ देखाउन समेत प्रकाशित तथा प्रसारण गर्ने मिडियाहरुमा आग्रह गरेका छन् ।


आम्दानी ७३ करोड ५५ लाख एक हजार मध्य २० करोड २४ लाख ६४ हजार नौ सय ५८ आम्दानी भएको छ भने खर्छ तर्फ १२.९७ प्रतिशात अर्थात ९ करोड ५४ लाख २ हजार २ सय ३२ रहेकोमा ६४ करोड ९८ हजार ७ सय ६८ बाकी रकम रहेको छ ।

प्युठान नगरपालिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ प्युठानको सहजीकरणमा कार्यक्रम भएको हो । प्युठान नगरपालिका नगरप्रमुख बिष्णु योगिको अध्यक्षता,  प्रमुख अतिथी पत्रकार महासङ्घ जिल्ला शाखा प्युठानका अध्यक्ष सन्जय रिजाल, बिशिस्ट अतिथी नगर उपप्रमुख देबेन्द्र बर्मा, प्रमुख प्रशासकीय अधिकृत महेश कुमार गुरुङ तथा वडाका वडा अध्यक्षहरु,  कार्यपालिका सदस्यहरु,  स्वास्थ्य शाखाका प्रमुखहरु तथा विभिन्न कार्यलयका कर्मचारिको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा प्युठानका सचिव प्रकाश बैद्देले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...