News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा सुरक्षित गर्भपतन गर्नेको संख्या बढ्दो

बिस बर्ष मुनीका ७१ किशोरीले गरे गर्भपतन

दीपा पौडेल११असोज २०७५
१७०० पटक
११असोज २०७५

सुरक्षित गर्भपतन दिवस प्यूठानमा पनि एक कार्यक्रमका बीच बुधबार मनाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानको आयोजना र परिवार नियोजन सम्बन्धि कार्यक्रम गरिरहेका संस्थाहरुका प्रतिनिधी, स्वास्थ्य संग सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा दिवस बिजुवारमा मनाइएको हो।
जिल्लामा पछिल्लो समय सुरक्षित रुपमा गर्भपतन गर्नेको संख्यामा बृद्धि भएको छ। कार्यक्रममा प्यूठान जिल्लाका प्यूठान अस्पताल, भिगृ प्राथमिक स्वास्थ्य केन्द्र, खलंगा प्राथमिक स्वास्थ्य केन्द्र, स्वर्गद्धारी, सोत्रे बेलवास , देबिस्थान , खवांग, मर्काबाङ , तिराम , धर्मावति, ढुङगेगढि र तोरबाङ स्वास्थ्य चौकी गरि १२ वटा सुचिकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएको परिवार नियोजन सुपरभाइजर थलराज डाँगीले बताए।
आर्थिक बर्ष २०७४÷०७५ मा १२ वटा सुचिकृत स्वास्थ्य संस्था र मेरी स्टोप्स सेन्टरमा समेत गरि जिल्लामा १ हजार १८ जनाले सुरक्षित गर्भपतन गराएका छन्। आर्थिक बर्ष २०७२÷०७३ मा ७ सय ८१ जना र आर्थिक बर्ष २०७३÷०७४ मा ८ सय ४७ जनाले सुरक्षित गर्भपतन गराएका छन्। तिन बर्षको तथ्यांकलाई हेर्दा जिल्लामा गर्भपतन गर्नेको संख्या बढ्दो देखिन्छ। गर्भपतन गर्नु आफैमा राम्रो नभए पनि स्वास्थ्यको दृष्टिकोणले सुरक्षित गर्भपतन गर्दा मातृ मृत्युदर कम हुनुुुका साथै मातृ स्वास्थ्य सम्बन्धि अन्य जटिलता कम गर्न मद्धत हुने जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुवेदीले बताए।उनले ब्यापारिक दृष्टिकोणले खोलिएका मेडिकल र सुचिकृत नभएका स्वास्थ्य संस्थामा गएर गर्भपतन नगराई सुचिकृत स्वास्थ्य संस्थामा मात्र सुरक्षित गर्भपतन गराउन समेत आग्रह गरे।
प्यूठानमा जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानसंगको सहकार्यमा आड्रा नेपाल गैरसरकारी संस्थाले परिवार नियोजन सम्बन्धि कार्यक्रम संचालन गरिरहेको छ। संस्थाकी कार्यक्रम अफिसर जुना सारुले कार्यक्रममा संस्थाले परिवार नियोजन सम्बन्धि गरेका कामको बिषयमा जानकारी समेत गराएकी थिईन। कार्यक्रममा असुरक्षित गर्भपतन गर्न सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका सभापति गुमानराज पुलामीले आग्रह गरे। उनले गर्भपतनलाई परिवार नियोजनको अस्थाई साधनको रुपमा लिने गरेको भन्दै परिवार नियोजनको साधनको प्रयोगका लागि सचेतनात्मक कार्यक्रम संचालनमा जोड दिन सबैलाई सुझाए।

यस बर्ष अबको गन्तब्य, असुरक्षित गर्भपतनको अन्त्य भन्ने नाराका साथ दिवस मनाइएको हो।
नेपालमा २०६० साल देखि सुरक्षित गर्भपतन ऐन कार्यान्वयनमा आएपछि गर्भवति महिलाको मन्जुरीमा १२ हप्ता सम्मको गर्भ पतन गर्न सकिन्छ। हाडनाता र जर्वजस्ती करणीको १८ हप्ता सम्मको र स्वास्थ्यको दृष्टिकोणले केहि खतराको संकेत देखिएमा सुचिकृत स्वास्थ्य संस्थाबाट जुनसुकै बेला पनि निःशुल्क रुपमा गर्भपतन गर्न सकिने ब्यवस्था छ। प्यूठानमा आर्थिक बर्ष २०७४÷०७५ मा ७१ जना २० बर्ष मुनीका किशोरीले समेत गर्भपतन गरेका छन्। नेपालमा हालसम्म ४१ प्रतिशत महिलालाई मात्र गर्भपतन सम्बन्धि कानुनी मान्यता पाएको जानकारी भएको तथ्यांक छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...