प्यूठान,
मनोपरामर्शकर्ता सञ्जाल प्यूठान संग नगरपालिकाले समोन्वय गर्न माग राख्दै आइतवार प्यूठान नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएकाछन । मनोपरामर्शकर्ता सञ्जालकी संयोजक रुपारेखा बुढाथोकीको नेतृत्वमा पत्र बुझाएको हो ।
जिल्लामा मनोरोगिहरु, तथा आत्महत्याका घटनाहरु बढ्दै गएको हुनाले नगरपालिकाले पनि संजाल संग आवाश्यक समोन्वय गरी यस्ता खालका घटनाहरु घट्न नदिनको लागि आवाश्यक पहल कदमी चलाउनु पर्ने माग राखेको सञ्जालकी अध्यक्ष बुढाथोकीले बताइन ।
ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख विष्णु बहादुर योगिले पछिल्लो समय मनोरागका विरामी धेरै बढ्न थालेको हुँदा नगरपालिकाले यो विषयमा सोचिरहेको बताए । उनले नगरपालिकाले विज्ञसंग छलफल तथा अन्तरकृया कार्यक्रम समेत गरेको बताएकाछन । नगरपालिका कार्यालय मनोपरामर्श संजाल प्यूठान संग छलफल तथा सहकार्य गर्नकालागि प्यूठान नगरपालिका सधै तयार हुने योगिले प्रतिवद्धता जनाएका छन ।
जिल्लामा मनोरोगीहरु बढ्न नदिन जिल्लाका सवै पालिका संग समोन्वय गरी परामर्शका कार्यक्रम चलाउने योजना रहेको सञ्जालले बताएको छ ।
याे पनि