News Portal

रेडियो सुन्नुहोस्

पोखरामा विमान दुर्घटनाः उद्धार जारी

झुलेनी नेटवर्क२०७९ माघ १
२७५ पटक
२०७९ माघ १

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानका घाइतेहरुको उद्धार कार्य जारी छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएका कर्मचारी र नेपाली सेना र प्रहरीसहित स्थानीयहरुले दुर्घटनामा परेका घाइतेहरुको उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।

आज बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार थिए । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा विमान दुर्घटनामा परेको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलले उद्धार कार्य जारी रहेको र घटनामा के कति क्षति भएको एकिन हुन बाँकी रहेको जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका विभिन्न ठाउँमा माघी मेलाको रौनक

प्यूठानका विभिन्न ठाउँहरूमा माघी मेला लाग्ने भएको छ । पौष मसान्त साँझ देखी रातभर जागाराम...

नौवहिनीमा जन्मिएका खेलाडीलाई पालिकाद्वारा सम्मान

नौवहिनी गाउँपालिकाभित्र जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्‍याएका खेलाडीलाई नौवहिनी गाउँपालिकाले सम्मान गरेको छ...

कार्यविभाजन टुंग्याउन माओवादी पदाधिकारी बैठक बोलाइयो

नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बुधबार बिहान ८ बजे बस्ने गरी बैठक...

आजदेखि स्वस्थानी व्रत सुरु

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट...

माण्डवी गाउँपालिकामा दोस्रो अध्यक्ष कप सम्पन्न

माण्डवी गाउँपालिकामा दोस्रो अध्यक्ष कप आइतबार सम्पन्न भएको छ । शुक्रवारदेखि माण्डवी गाउँपालिका ३ मार्सिवाङ...