News Portal

रेडियो सुन्नुहोस्

राजनैतिककर्मी भन्दा खेलाडीले देश चिनाउछन : प्रतिनिधि सभा सदस्य थापा

मधुसुधन पोख्रेल२०७९ माघ ४
६५३ पटक
२०७९ माघ ४

राजनैतिक कर्मी भन्दा खेलाडीले देश चिनाउने प्रतिनिधी सभा सदस्य सुर्यथापाले बताए । चुनाब जितेपछी पहिलोपटक प्यूठान गएका थापाले यस्तो बताएका हुन ।
बुधबार सरुमारानी गाउँपालिका प्यूठानले आयोजना गरेको दोस्रो अन्तर विद्यालय राष्ट्रपती रनिशिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा थापाले खेलकुद क्षेत्रले अनुशासन,लगनशिल तथा स्वास्थ रहन पनि मदत गर्ने भन्दै खेलाडीलाई राम्रो खेल प्रदर्शन गर्न अग्रह समेत गरेका छन ।
साथै थापाले गाउँपालीकाले बनाएको खेलमैदान अझ व्यवस्थीत गरी प्रदेश स्तरका खेल खेलाउनमा मैदान व्यवस्थीत गर्न समेत गाउँपालिकालाई आग्रह गरेकाछन ।
पहिलो पटक प्यूठान आएका थापाले विकासका काममा सवैको सहकार्यहुन जरुरी रहेको समेत बताएकाछन । साथै थापाले राजनीतिले नयाँ कोर्ष लिएको भन्दै अब जनताका आवश्क्तालाई थप जिम्मेवारी भएर लाग्ने बताएका छन ।
सरुमारानी गाउँपालिकाले पनि खेल क्षेत्रलाई महत्वका साथ हेरेको गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले बताए । कोभिडका कारण रोकिएका खेलहरु अब निरन्तर संचालन गर्ने पनि उनको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...