News Portal

रेडियो सुन्नुहोस्

पाँचौ प्यूठान महोत्सवमा स्थानीय उत्पादित बस्तुहरुलाई बढि प्राथमिकता

बिबश घर्ति मगर०४ माघ २०७९
८८८ पटक
०४ माघ २०७९

प्रदेश स्तरीय स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव २०७९ तयारीको लागि सर्वपक्षीय भेला बुधबार होटल आयुष्मा जुम्रीमा सम्पन्न भएकोे छ । जिल्लाका विभिन्न तहमा रहेका सरोकारवालाहरु सँगको उपस्थितिमा महोत्सवलाई कसरी गर्दा उत्तम हुन्छ भन्ने विविध विषयमा छलफल भएको हो । छलफलमा बोल्ने वक्ताहरुले पहिलो प्राथमिकतामा समय निर्धारणको बिषयलाई उठाएर सवाल जवाफ गरेका थिए । विगतका समयमा भएका महोत्सवले प्यूठानी जनतालाई के उपलब्धी दियो ? बिजुवार फाटँमा रहेको गणतान्त्रिक खेलमैदान नाममा मात्र सिमित हुँदा अस्तव्यस्त रहेको ? उद्योग बाणिज्य संघले महोत्सवको आयोजना गरिसकेपछि पनि लामो समयसम्म आयव्य सार्वजनिक सुनुवाई नगर्नेनगरेको, सबै किसानहरुलाई प्रोत्साहन गर्न सके उत्पादन बढाउन सहज हुने जस्ता बिषयहरुमा गुनासो तथा सुझाव दिएका थिए ।


लुम्बिनी प्रदेश सभा सदस्य तुलसीराम शर्माले विगत देखी नै सुरु भएको महोत्सवले जिल्लाको विकास र समृद्धिमा पहल गरिरहेको बताएका छन् । प्रदेश स्तरीय स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव २०७९ तयारीको लागि सर्वपक्षीय भेलालाई सबंोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने, कुनै पनि कामलाई पछि नहटाई सबै पक्षलाई समेटेर अगाडी लिएमा बिकासको संभावना बोकेको छ । नकरात्मक कुरालाई मिचेर सकारात्मक तर्फ लाग्न आग्रह गर्दै जिल्लाका स्थानीयले सोचेजस्तो राम्रो कामको संदेश महोत्सवले दिन सकोस भनि अनुरोध समेत गरे ।

सुझाव तथा गुनासोको जवाफ दिदै प्यूठान उद्योग बाणिज्य संघका प्रमुख पशुपति नारायण नकर्मीले हुन लागेको पाँचौ महोत्सव २०७९ को कार्यसम्पादन प्रस्तुत गरे । कार्यसम्पादनमा उनले गौतम बुद्धको जन्मस्थानको नामबाट नामाकरण गरिएको लुम्बिनि प्रदेश भित्र रहेका स्वर्गद्धारी लगायतका मुख्य पर्यटकिय क्षेत्र र सहायक पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसार, स्वदेशी उद्योगबाट उत्पादित बस्तुहरु तथा उपकरणहरु, घरेलु तथा लघु उद्यमका उत्पादनहरु, यस जिल्लामा रहेका औधोगिकिकरण कच्चा पदार्थ, जडिबुटी, नेपाली कागज, मह, हर्बल सावुन, अल्लोबाट उत्पादित बस्तुहरु लगायतका स्थानीय उत्पादन राष्ट्रिय तथा अन्तराष्ट्रिय उद्योगहरुका उत्पादन समेतको प्रदर्शन हुने बताए । प्यूठानमा उत्पादित बस्तुहरुलाई बढि प्राथमिकतामा राख्ने समेत बताएका छन् । खेलकुदको बारेमा बुझेको र आफुलाई चासो रहेको भन्दै उहाँले खेलकुदको बिषयमा आफु पछि कहिल्यै नहट्ने बताएका हुन् । कृषकहरुले उत्पादन गरेको बालिहरुको बारेमा प्यूठान उद्योग बाणिज्य संघले स्थानीय तहसँग समन्वय गर्ने बताउदै संघले महोत्सव सम्पन्न भएको एक महिनाभित्रमा आयव्यको विवरण सार्वजनिक गर्ने नकर्मीले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...