News Portal

रेडियो सुन्नुहोस्

जिल्लामा पेट्रोलको अभाव : मौलायो कालोबजारी !

झुलेनी नेटवर्क
६५४ पटक

जिल्लामा पछिल्लो समय पेट्रोलियम पदार्थको अभाव हुँदै गएको छ । पम्प सञ्चालकहरुले पेट्रोलियम पदार्थ नियमित रुपमा नल्याँदा जिल्लामा कालोबजारी मौलाउँदै गएको छ ।

खोका पसलमा पेट्रोल नियमित पाइने भएपनि पम्पमा भने नपाइने गरेको उपभोक्ताहरुको गुनासो छ । पम्पमा केहिँ मात्रामा डिजेल राख्ने गरेपनि पम्प सञ्चालकहरुले पेट्रोल राख्ने गरेका छैनन् ।

पम्पमा पेट्रोल नहुँदा उपभोक्ताहरुले महँगोमा पेट्रोलियम पदार्थ प्रयोग गर्न बाध्य भएका हुन् । आयल निगमले तय गरेको दरभन्दा बाहिरबाट पेट्रोल किन्दा २ सय १० रुपैयाँदेखि २ सय ५० रुपैयाँ सम्ममा पेट्रोल खरिद गरी प्रयोग गर्नुपर्ने उपभोक्ताहरु बताउँछन् ।

केही दिनयता जिल्लाका धरैजसो पम्पहरुमा पेट्रोलको अभाव भएको सामाजिक सञ्जालमा बिरोध गरिदै आएपनि सम्बन्धित निकायले नियमित रुपमा पम्प सञ्चालनमा चासो नदिएको उनिहरुको गुनासो छ ।

एक÷दुई हप्ता व्यवसायिक समस्याका कारण पेट्रोल राख्न नसक्ने भएपनि महिनौ सम्म पेट्रोलियम पदार्थ नल्याउँदा उपभोक्ताहरुलाई मार परेको हो । पेट्रोलको भाउँ घट्छ की भन्ने आसमा पेट्रोल आयात केही दिनका लागि नल्याइएको झिमरुक पेट्रोल पम्पका संचालक जुमान सिंह जिसीले बताए ।

जिल्लाको पुण्यखोला क्षेत्रमा २ वटा पेट्रोल पम्प स्थापना भएपनि सेवाग्रहिलाई नियमित रुपमा पेट्रोल पु¥याउन सकेका छैनन् । जिल्लाको माण्डवि गाउँपालिकाका पेट्रोल पम्पमा भने केहि दिन अभाव हुने भएपनि महिनौ सम्म अभाव नहुने उपभोक्ताहरुको भनाइ छ ।

पम्पमा पेट्रोल नभएको गुनासो आइरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले वास्तविक समस्याबारे अनुगमन गरेर जानकारी दिने बताइन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...