News Portal

रेडियो सुन्नुहोस्

नौबहिनी गाउँपालिकामा वडा कार्यालयबाट भत्ता वितरण सुरु

बिबश जि एम१३ माघ २०७९
१८६९ पटक
१३ माघ २०७९

नौबहिनी गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को द्धितिय त्रैमाषिक सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले यो आर्थिक बर्षदेखी अब वडा कार्यालयबाट नै भत्ता वितरण गर्न लागेको हो । भौगोलिक विकटताको समस्या, सबै ठाउँमा सडकको असुविधा, समय बढि लाग्ने र भाडा दरमा नै पैसा फजुल खर्च हुने लगायतका समस्याहरुालाई मध्यनजर गर्दै जेष्ठ नागरिकहरुलाई सम्मानको लागि वडा कार्यालयबाट दिन लागिएको नौबहिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिए । गाउँपालिकाले सुरक्षा भत्ता लिने व्यक्तिले सामाजिक सुरक्षा भत्ता परिचय पत्र, नागरिकता वा सम्बन्धित कागजात सहित आ–आफ्नो वडा कार्यालय वा सुरक्षा भत्ता बुझिलिने स्थानमा पेश गर्न अनुरोध गरेको छ ।


१४ गते १ नं वडा कार्यालय स्याउलिवाङ, १६ गते २ नं वडा कार्यालय लिघा, १७ गते ३ नं वडा कार्यालय सारिवाङ, १८ गते ७ नं वडा कार्यालय थात्रा, १९ गते ५ नं वडा कार्यालय डामृ, २२ गते ४ नं वडा कार्यालय खवाङ, २३ गते ८ नं वडा कार्यालय फोप्ली र २५ र २६ गते ६ नं वडाका लागि भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बहाने बाट सुरक्षा भत्ता दिने भएको छ । साथै वडा कार्यालयबाट भत्ता नलिएका वा छुटेका लाभगा्रहीहरुले बैंकको बहाने शाखामा गई माघ २७ गते पछि भुक्तानि लिन सकिने समेत बताएको छ । ६ नं वडाको बिहान ९ः३० बजे देखी साँझ ५ बजेसम्म भत्ता लिन सकिने छ भने अन्य वडाको समय भने बिहान ८ः०० बजे देखी दिउँसो ३ः०० बजेसम्म हुने बताइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...