News Portal

रेडियो सुन्नुहोस्

नौबहिनी गाउँपालिकामा वडा कार्यालयबाट भत्ता वितरण सुरु

बिबश जि एम१३ माघ २०७९
१६०८ पटक
१३ माघ २०७९

नौबहिनी गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को द्धितिय त्रैमाषिक सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले यो आर्थिक बर्षदेखी अब वडा कार्यालयबाट नै भत्ता वितरण गर्न लागेको हो । भौगोलिक विकटताको समस्या, सबै ठाउँमा सडकको असुविधा, समय बढि लाग्ने र भाडा दरमा नै पैसा फजुल खर्च हुने लगायतका समस्याहरुालाई मध्यनजर गर्दै जेष्ठ नागरिकहरुलाई सम्मानको लागि वडा कार्यालयबाट दिन लागिएको नौबहिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिए । गाउँपालिकाले सुरक्षा भत्ता लिने व्यक्तिले सामाजिक सुरक्षा भत्ता परिचय पत्र, नागरिकता वा सम्बन्धित कागजात सहित आ–आफ्नो वडा कार्यालय वा सुरक्षा भत्ता बुझिलिने स्थानमा पेश गर्न अनुरोध गरेको छ ।


१४ गते १ नं वडा कार्यालय स्याउलिवाङ, १६ गते २ नं वडा कार्यालय लिघा, १७ गते ३ नं वडा कार्यालय सारिवाङ, १८ गते ७ नं वडा कार्यालय थात्रा, १९ गते ५ नं वडा कार्यालय डामृ, २२ गते ४ नं वडा कार्यालय खवाङ, २३ गते ८ नं वडा कार्यालय फोप्ली र २५ र २६ गते ६ नं वडाका लागि भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बहाने बाट सुरक्षा भत्ता दिने भएको छ । साथै वडा कार्यालयबाट भत्ता नलिएका वा छुटेका लाभगा्रहीहरुले बैंकको बहाने शाखामा गई माघ २७ गते पछि भुक्तानि लिन सकिने समेत बताएको छ । ६ नं वडाको बिहान ९ः३० बजे देखी साँझ ५ बजेसम्म भत्ता लिन सकिने छ भने अन्य वडाको समय भने बिहान ८ः०० बजे देखी दिउँसो ३ः०० बजेसम्म हुने बताइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...