News Portal

रेडियो सुन्नुहोस्

ग्रामिण क्षेत्रमा पहिलो पटक निःशुल्क अल्ट्रासाउण्ड सुरु

बिबश जि एम१५ माघ २०७९
४८३ पटक
१५ माघ २०७९

ग्रामीण क्षेत्रमा पहिलोपटक निशुल्क अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका वडा न.१ तिराम स्वास्थ्य चौकिबाट गर्भवती महिलाहरुका लागि निशुल्क अल्ट्रासाउन्ड सेवा सुरु गरिएको वडा अध्यक्ष बाम बहादुर बुढामगरले जानकारी दिए ।
स्वास्थ्यमा सहज पहुँच पु¥याउने उदेश्यले विशेष गरी गर्भवती महिलाहरुलाई लक्षित गरेर आइतबार देखि प्रत्येक महिनाको १५ गते अल्ट्रासाउण्ड सेवा दिइने अध्यक्ष बुढामगरले बताए । सोही अनुसार आइतबार पहिलोपटक तिरामका १२ जना गर्भवती महिलाहरुले सेवा लिएका छन् । गाउँपालिकासगँ समन्वय गरेर आगामी दिनमा पनि अल्ट्रासाउण्ड सेवालाई निरन्तरता दिने उनले बताए ।
यसअघि त्यहाँका स्थानीय लामो यात्रा गरेर बिजुवार, घोराही लगायतका ठाउँमा सेवा लिन जान बाध्य थिए । अब गाउँमै सहजरुपमा सेवा पाउने भएपछि स्थानीय खुसी भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...