News Portal

रेडियो सुन्नुहोस्

आँखाका रोगीहरुको उपचार खर्च झिमरुक गाउँपालिकाले वेहोर्ने

बिबश जि एम१५ माघ २०७९
६६० पटक
१५ माघ २०७९

६० वर्ष भन्दा माथिका जेष्ठ नागरीकको आँखा उपचार खर्च झिमरुक गाउँपालिकाले वेर्होन भएको छ । आईतबार झिमरुक गाउँपालिका र प्रस्तावित नरेन्द्र गायत्री आखाँ अस्पताल बिजुवार प्यूठानले गाउँपालिका भित्र रहेका ६० वर्ष माथिका ज्येष्ठ नागरिक तथा आँखा रोगिहरुका लागि उपचार तथा बन्दोबस्तको सम्झौता गरेको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताए ।
गाउपालिकाले आँखाको अप्रेसनको लागि प्रतिव्यक्ति ५ हजार र औषधि वाफत १ हजार गरि ६ हजार दिने भएको छ । त्यस्तै आँखा अप्रेसन बाहेक अन्य आँखाका रोगिहरुले उपचार गराएमा उपचारको बिल अनुसार भुक्तानी गरिदिने समेत गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताए ।
त्यसका लागि आर्थिक बर्ष असार मसान्तसम्मको लागि गाउँपालिकाले कुल ५ लाख बजेट विनियोजन गरेको समेत अध्यक्ष महतराले बताए । झिमरुक गाउपालिका भित्र रहेका आँखाका जो कोहि रोगिहरु अन्धकार भएर बस्न नपरोस भनी उक्त कार्यलाई बढी प्राथमिकता दिएको उनको भनाई छ ।


गाउपालिकाले विगत ३ बर्ष अघि देखि आँखा बिरामीका लागि अनुदानको रुपमा बजेट बिनियोजन गर्दै आएको छ । २०७७÷०७८ मा ३ लाख, २०७८÷०७९ मा ४ लाख ५० हजार र यो आर्थिक बर्षमा ५ लाख गरि अहिलेसम्म गाउपालिकाले कुल १२ लाख ५० हजार रकम गाउँवासीहरुको आँखा उपचारमा बजेट छुट्टाइसकेको छ ।
त्यस्तै गाउँपालिकामा रहेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको उपचार र वन्दोवस्त गर्नको लागि झिमरुक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विकास के.सी. र प्रस्तावित नरेन्द्र गायत्री आखाँ अस्पताल प्यूठानका कार्यालय प्रमुख सुजाता भण्डारीको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल र व्यवस्थापक समितिका सदस्य अर्जुन कुमार कक्षपति विच सम्झौता भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...