News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : संघारकै फोहोर देख्दैन प्यूठान नगरपालिका

झुलेनी नेटवर्क
४७५ पटक

जिल्लाकै मध्यभागमा रहेको गणतान्त्रिक खेलकुद मैदानको स्टेजमा निर्माण गरिएको शौचालयमा फोहोरको डंगुर थुप्रिदा नजिकै रहेको प्यूठान नगरपालिकाले देख्दैन । जिल्लाकै सानको रुपमा मानिने खेल मैदानको मञ्च समेत अधुँरै छ, व्यवस्थीत छैन ।

पानी पर्ना साथ चुहिन्छ । यहि माघ ८ र ९ मा नगरपालिकाले नै आयोजना गरेको अन्तरपालिका स्तरिय कर्मचारीहरुबीच मैत्रिपूर्ण फूटलबल प्रतियोगितामा खेल खेल्न, हेर्न आएका पाहुनाहरुलाई व्यवस्थित शौचालय नहुँदा शौच गर्न निकै समस्या थियो ।

यो बेला समेत शौचालय मर्मत गर्न नगरपालिकाको चासो देखाएन । नगरपालिकाको प्रमुख प्रशासकीय केन्द्रको सँघारमै रहेको खेल मैदानको शौचालय र मञ्चले प्यूठान नगरपालिकाको सिंहदरबार भित्र बस्ने प्रतिनिधिहरुलाई गिज्याइरहेको थियो ।

नगरपालिका तिरै मुख फर्केको प्रतिक्षालयले फुटवल खेल्न र हेर्न आएकाहरुलाई मर्मत संभारको आशा गरेको देखिन्थ्यो । फुटबल कार्यक्रमको उद्घाटन देखि समापन कार्यक्रमा नगरप्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत सहितको टोली अथितिको रुपमा मञ्चमै थिए । तर यहाँको फोहोर देखेनन वा देखेर पनि नजर अन्दाज गरे ।

अलपत्र तारा मण्डल देखिने स्टेजको अपूरा काम गर्न पर्छ भन्ने ठानेनन् । सबैको नजर पर्ने प्यूठान नगरपालिकाको स्वामित्वमा रहेको गणतान्त्रिक खेल मैदान प्यूठान नगरपालकाले नदेखे कस्ले देख्ने होला । सबै भेला हुने सार्वजनिक स्थलमा आखा नपर्ने प्यूठान नगरपालिका कसरी स्वच्छ र राम्रो नगरपालिका बनाउला ?

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...