News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : संघारकै फोहोर देख्दैन प्यूठान नगरपालिका

झुलेनी नेटवर्क
६७८ पटक

जिल्लाकै मध्यभागमा रहेको गणतान्त्रिक खेलकुद मैदानको स्टेजमा निर्माण गरिएको शौचालयमा फोहोरको डंगुर थुप्रिदा नजिकै रहेको प्यूठान नगरपालिकाले देख्दैन । जिल्लाकै सानको रुपमा मानिने खेल मैदानको मञ्च समेत अधुँरै छ, व्यवस्थीत छैन ।

पानी पर्ना साथ चुहिन्छ । यहि माघ ८ र ९ मा नगरपालिकाले नै आयोजना गरेको अन्तरपालिका स्तरिय कर्मचारीहरुबीच मैत्रिपूर्ण फूटलबल प्रतियोगितामा खेल खेल्न, हेर्न आएका पाहुनाहरुलाई व्यवस्थित शौचालय नहुँदा शौच गर्न निकै समस्या थियो ।

यो बेला समेत शौचालय मर्मत गर्न नगरपालिकाको चासो देखाएन । नगरपालिकाको प्रमुख प्रशासकीय केन्द्रको सँघारमै रहेको खेल मैदानको शौचालय र मञ्चले प्यूठान नगरपालिकाको सिंहदरबार भित्र बस्ने प्रतिनिधिहरुलाई गिज्याइरहेको थियो ।

नगरपालिका तिरै मुख फर्केको प्रतिक्षालयले फुटवल खेल्न र हेर्न आएकाहरुलाई मर्मत संभारको आशा गरेको देखिन्थ्यो । फुटबल कार्यक्रमको उद्घाटन देखि समापन कार्यक्रमा नगरप्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत सहितको टोली अथितिको रुपमा मञ्चमै थिए । तर यहाँको फोहोर देखेनन वा देखेर पनि नजर अन्दाज गरे ।

अलपत्र तारा मण्डल देखिने स्टेजको अपूरा काम गर्न पर्छ भन्ने ठानेनन् । सबैको नजर पर्ने प्यूठान नगरपालिकाको स्वामित्वमा रहेको गणतान्त्रिक खेल मैदान प्यूठान नगरपालकाले नदेखे कस्ले देख्ने होला । सबै भेला हुने सार्वजनिक स्थलमा आखा नपर्ने प्यूठान नगरपालिका कसरी स्वच्छ र राम्रो नगरपालिका बनाउला ?

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...