News Portal

रेडियो सुन्नुहोस्

प्यूठान डान्स आईडल हुँदै

झुलेनी पोष्ट२०७९माघ,१७
३२५ पटक
२०७९माघ,१७

जिल्लामा प्यूठान डान्स आईडल प्रतियोगिता सञ्चालन हुने भएको छ । फागुन ४ गतेदेखि १४ गतेसम्म सञ्चालन हुन गइरहेको लुम्बिनी प्रदेश स्तरीय कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सवको ‘अवसर पारेर आइडल प्रतियोगिता सञ्चालन गर्न लागिएको प्यूठान डान्स आईडल व्यवस्थापन समितिका संयोजक प्यार अलि खानले बताए ।
समितीका संयोजक खानका अनुसार आइडल विजेताले ५५ हजार ५ सय ५५, फस्ट रनरअपले ३३ हजार ३ सय ३३ र सेकेन्ड रनरअपले २२ हजार २ सय २२ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
पालिका स्तरीय अडिसन माघ २१ गते सरुमारानी गाउँपालिकाको बड्डाँडा, माघ २२ गते माण्डवी गाउँपालिकाको जस्पुर, माघ २३ गते स्वर्गद्धारी नगरपालिकाको जलुके, माघ २४ गते ऐरावती गाउँपालिकाको बरौंलामा हुँदैछ ।
त्यस्तै माघ २५ गते गौमुखी गाउँपालिकाको ठूलावेशी, माघ २६ गते झिमरुक गाउँपालिकाको मच्छी, माघ २७ गते नौबहिनी गाउँपालिकाको बाहाने, माघ २८ गते मल्लरानी गाउँपालिकाको चुँजाठाँटी र माघ २९ गते प्यूठान नगरपालिकाको जुम्रीमा गर्ने समिती संयोजक खानले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...