News Portal

रेडियो सुन्नुहोस्

प्यूठान डान्स आईडल हुँदै

झुलेनी पोष्ट२०७९माघ,१७
६३४ पटक
२०७९माघ,१७

जिल्लामा प्यूठान डान्स आईडल प्रतियोगिता सञ्चालन हुने भएको छ । फागुन ४ गतेदेखि १४ गतेसम्म सञ्चालन हुन गइरहेको लुम्बिनी प्रदेश स्तरीय कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सवको ‘अवसर पारेर आइडल प्रतियोगिता सञ्चालन गर्न लागिएको प्यूठान डान्स आईडल व्यवस्थापन समितिका संयोजक प्यार अलि खानले बताए ।
समितीका संयोजक खानका अनुसार आइडल विजेताले ५५ हजार ५ सय ५५, फस्ट रनरअपले ३३ हजार ३ सय ३३ र सेकेन्ड रनरअपले २२ हजार २ सय २२ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
पालिका स्तरीय अडिसन माघ २१ गते सरुमारानी गाउँपालिकाको बड्डाँडा, माघ २२ गते माण्डवी गाउँपालिकाको जस्पुर, माघ २३ गते स्वर्गद्धारी नगरपालिकाको जलुके, माघ २४ गते ऐरावती गाउँपालिकाको बरौंलामा हुँदैछ ।
त्यस्तै माघ २५ गते गौमुखी गाउँपालिकाको ठूलावेशी, माघ २६ गते झिमरुक गाउँपालिकाको मच्छी, माघ २७ गते नौबहिनी गाउँपालिकाको बाहाने, माघ २८ गते मल्लरानी गाउँपालिकाको चुँजाठाँटी र माघ २९ गते प्यूठान नगरपालिकाको जुम्रीमा गर्ने समिती संयोजक खानले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...