News Portal

रेडियो सुन्नुहोस्

अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम अन्तरगत पहिलो कार्यक्रम धर्मावति मा. बि लम्छ्याङमा

बिबश जि एम१७ माघ २०७९
७४० पटक
१७ माघ २०७९

जेष्ठ नागरिक संजाल, सामाजिक विकास उपशाखा अन्तरगत पर्ने अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम मंगलबार प्युठान नगरपालिका वडा न ६ को धर्मावति माध्यमिक बिद्यालय लम्छ्याङ मा सम्पन्न भएको छ । प्युठान नगरपालिका सामाजिक बिकास समिती महिला तथा बालबालिका शाखा अन्तर्गत प्युठान नगरपालिका र नगर स्तरीय जेष्ठ नागरिक को आयोजनामा सो कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालयका अध्ययनरत विद्यार्थीहरुलाई जेष्ठ नागरिक प्रति गर्ने व्यवहार, पछिल्लो समयमा भएको पुस्तान्तरणको असर, बालबालिकाहरुले जेष्ठ नागरिक प्रति गर्नुपर्ने कर्तव्य र दायित्वको बिषयमा सु.सचित गरिएको जेष्ठ नागरिक संजालका अध्यक्ष देवराज गौतमले जानकारी दिए ।
त्यस्तै वडा अध्यक्ष नरेन्द्र पुन मगरले जेष्ठ नागरिक को हो, उहाँहरुलाई कस्तो व्यवहार गर्ने लगायतका बिषयमा समयमै सचेत हुन आवश्यक रहेको बताए । त्यस्तो कार्यमा आफु सधै अग्रसर रहने समेत उनले बताएको छन् ।


यो संजालले बिशेष गरी प्यूठान नगरपालिका भित्र रहेर विगत देखी नै जेष्ठ नागरिक, बालबालिका, महिलाहरुको बिषयक अन्तरगत रहेर काम गर्दै आएको संजालका अध्यक्ष गौतमले बताए । यो आर्थिक बर्ष २०७९/०८० को बार्षिक स्वीकृत कार्यक्रम अनुसार पहिलो कार्यक्रम धर्मावति माध्यमिक बिद्यालय लम्छ्याङ मा गरेको उनले जानकारी दिए । साथै यो बर्ष संजालले विभिन्न ५ विद्यालयमा कार्यक्रम गर्ने भएको छ । जसमा धर्मावति माध्यमिक बिद्यालय लम्छ्याङ मा गरिसकेको छ भने बाकी ४ विद्यालय, बालविद्या मा.वि मरन्ठानामा १८ गते, क्षेत्रविकास मा.वि पुण्यखोला १९ गते, भुवनेश्वरी मा.वि खैरा २४ गते र बास्बोट मा.वि जुर्मिकाडामा २५ गते गर्ने भएको हो । जेष्ठ नागरिक संजालका अध्यक्ष देवराज गौतमको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि ६ नं वडा अध्यक्ष नरेन्द्र पुन मगरले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...