News Portal

रेडियो सुन्नुहोस्

अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम अन्तरगत पहिलो कार्यक्रम धर्मावति मा. बि लम्छ्याङमा

बिबश जि एम१७ माघ २०७९
६३९ पटक
१७ माघ २०७९

जेष्ठ नागरिक संजाल, सामाजिक विकास उपशाखा अन्तरगत पर्ने अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम मंगलबार प्युठान नगरपालिका वडा न ६ को धर्मावति माध्यमिक बिद्यालय लम्छ्याङ मा सम्पन्न भएको छ । प्युठान नगरपालिका सामाजिक बिकास समिती महिला तथा बालबालिका शाखा अन्तर्गत प्युठान नगरपालिका र नगर स्तरीय जेष्ठ नागरिक को आयोजनामा सो कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालयका अध्ययनरत विद्यार्थीहरुलाई जेष्ठ नागरिक प्रति गर्ने व्यवहार, पछिल्लो समयमा भएको पुस्तान्तरणको असर, बालबालिकाहरुले जेष्ठ नागरिक प्रति गर्नुपर्ने कर्तव्य र दायित्वको बिषयमा सु.सचित गरिएको जेष्ठ नागरिक संजालका अध्यक्ष देवराज गौतमले जानकारी दिए ।
त्यस्तै वडा अध्यक्ष नरेन्द्र पुन मगरले जेष्ठ नागरिक को हो, उहाँहरुलाई कस्तो व्यवहार गर्ने लगायतका बिषयमा समयमै सचेत हुन आवश्यक रहेको बताए । त्यस्तो कार्यमा आफु सधै अग्रसर रहने समेत उनले बताएको छन् ।


यो संजालले बिशेष गरी प्यूठान नगरपालिका भित्र रहेर विगत देखी नै जेष्ठ नागरिक, बालबालिका, महिलाहरुको बिषयक अन्तरगत रहेर काम गर्दै आएको संजालका अध्यक्ष गौतमले बताए । यो आर्थिक बर्ष २०७९/०८० को बार्षिक स्वीकृत कार्यक्रम अनुसार पहिलो कार्यक्रम धर्मावति माध्यमिक बिद्यालय लम्छ्याङ मा गरेको उनले जानकारी दिए । साथै यो बर्ष संजालले विभिन्न ५ विद्यालयमा कार्यक्रम गर्ने भएको छ । जसमा धर्मावति माध्यमिक बिद्यालय लम्छ्याङ मा गरिसकेको छ भने बाकी ४ विद्यालय, बालविद्या मा.वि मरन्ठानामा १८ गते, क्षेत्रविकास मा.वि पुण्यखोला १९ गते, भुवनेश्वरी मा.वि खैरा २४ गते र बास्बोट मा.वि जुर्मिकाडामा २५ गते गर्ने भएको हो । जेष्ठ नागरिक संजालका अध्यक्ष देवराज गौतमको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि ६ नं वडा अध्यक्ष नरेन्द्र पुन मगरले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...