News Portal

रेडियो सुन्नुहोस्

क्यान्सरवाट वच्न सन्तुलित आहारका १३ टिप्स

सिखबर संवाददाता
१२५० पटक

काठमाडौं- विश्व क्यान्सर अनुसन्धान कोषले क्यान्सरबाट जोगिन सन्तुलित आहार सम्बन्धी सुझाव दिएको छ। जसको अनुसरण गरेमा ३० प्रतिशत क्यान्सरको खतराबाट जोगिन सकिन्छ। खानामा मन पर्ने एक वा केही पदार्थको छनौटभन्दा पनि विभिन्न खाद्यपदार्थ मिलाएर खानेतर्फ ध्यान पुर्‍याउनुपर्छ। सन्तुलित खाना र सक्रिय जीवनशैलीद्वारा ३० देखि ७० प्रतिशत क्यान्सरको खतराबाट जोगिन सकिन्छ।

१. वनस्पति स्रोतमा आधारित खाना– ताजा हरियो सागपात, फलफूल र गेडागुडी खाने।

२. मोटोपन घटाउन सन्तुलित खाना र शारीरिक क्रियाकलाप महत्वपूर्ण हुने हुँदा खाना र व्यायाममा ध्यान दिने।

३. व्यवसाय वा काम शाररिक परिश्रम गर्ने नभए कम्तिमा १ घण्टा दैनिक पैदल हिँड्ने र हप्तामा एक पटक थाक्ने खालको व्यायाम गर्ने।

४. दिनमा कमसेकम ४ सयदेखि ८ सय ग्राम वा सम्पूर्ण खानाको आधा वा आधाभन्दा बढी तरकारी र फलफूल नियमित खाने।

५. दिनमा कमसेकम ६ सयदेखि ८ सय ग्राम अन्न खाने र चिनी कम खाने।

६. मद्यपान स्वास्थ्यका लागि हानिकारक भएको हुनाले मद्यपान नगर्ने तर मद्यपान गर्नुपर्ने परिस्थिति भएमा पुरुषहरुले दैनिक अधिकतम दुई पेग र महिलाहरुले दैनिक एक पेगभन्दा बढी नखाने।

७. नियमित मासु खाने व्यक्तिले दैनिक ८० ग्रामभन्दा बढी नखाने र बोसो भएको मासु नखाने।

८. घ्यु बोसो धेरै मात्रामा उपभोग नगर्ने र चिल्लो पदार्थका लागि वनस्पति तेलको प्रयोग गर्ने।

९. सबै प्रकारका खानामा नुनको मात्रा कम गर्ने र नुन थपेर नखाने।

१०. लामो समयदेखि उचित भण्डार नगरेमा वा राम्ररी सुकाएर राखेमा ढुसी पर्ने सम्भावना रहने हुँदा ढुसी परेका खानेकुरा स्वास्थ्यका लागि हानिकारक हुने भएकाले यस्तो खाना नखाने।

११. आगोमा डढाएको खानेकुरा जस्तो कि सेकुवा, पोलेको मासु, डढेको कुनै खाद्यपदार्थ आदि नखाने।

१२. खाना भण्डार गर्दा, बनाउँदा वा अन्य अवस्थामा प्रयोग गरिने रासायनिक पदार्थ, औषधी, रंगको जथाभावी प्रयोग नगर्ने र उचित तापक्रम र स्थानमा मात्र खाद्यपदार्थ भण्डार गर्ने।

१३. सूर्तीजन्य पदार्थको सेवनबाट कहिल्यै स्वस्थ जीवन प्राप्त हुन नसक्ने हुँदा यसबाट टाढा रहने।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...