News Portal

रेडियो सुन्नुहोस्

कर्मचारीको अनुगमन समयमा पुर्ण पालना गर्नेमा जम्मा ९ जना मात्रै

झुलेनी पोष्ट०२ फागुन २०७९
५५१ पटक
०२ फागुन २०७९

माण्डवी गाउँपालिका उपाध्यक्ष एवम् अनुगमन समिति संयोजक पुर्णप्रसाद कालाथोकीले कर्मचारीको अनुगमन गरेका छन् । मंगलबार विहान गाउँकार्यपालिकाको कार्यकक्षमा पुगेर उपाध्यक्ष कालाथोकीले अनुगमन गरेका हुन् ।

उनले एउटा फाईल नै तयार गरि कर्मचारीहरु आफू आईपुगेको समय अनुसार हस्ताक्षर गर्न लगाएका थिए । जस अनुसार बिहान ठिक १०ः०० वजे भित्र उपस्थित हुनेहरुमा कार्यालय सहायक मदन घिमिरे, केसरा कार्की, रोजगार संयोजक भेषराज अधिकारी, सहायक चन्द्र बहादुर कार्की, एम्.आई.एस अपरेटर्स खिम घर्ती, गाउँ प्रहरी गिता शाही, दिपक थापा, उद्यम विकास सहजकर्ता टोप बहादुर खत्री र ल्याव टेक्निसियन मिलन पोख्रल रहेका छन् ।

यस्तै केही समय ढिला गरि उपस्थित हुनेहरुमा सिनियर अहेव नारायण जिसी, गाउँ प्रहरी कृष्ण केसी, अधिकृत छैटौँ बलराम पौडेल, खानेपानी सरसफाई प्राविधिक कमल योगी, असिस्टेन्ट सव ईन्जिनियर रमा अधिकारी, कम्प्युटर अपरेटर्स तुफान अधिकारी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, अनमि रोम बहादुर केसी, पोषण सहायक दाम बहादुर कार्की र सुचना प्रविधि अधिकृत अनिल अधिकारी रहेका छन् ।

साथै १०ः३० वजे भन्दा ढिलो गरी उपस्थित हुनेहरुमा सव ईन्जिनियर युवराज राउत र आन्तरिक लेखा परिक्षक मित्रमणी पौडेल हुन । उता जनस्वास्थ्य निरिक्षक ध्रुव कुमार पोख्रेल, लेखापाल माधव केसी र असिस्टेन्ट सव ईन्जिनियर आसिस पौडेल भने विना जानकारी विदामा बसेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताएका छन् ।

प्राविधिक सहायक तुल्सी कार्की, बरिस्ठ लघु उद्यम विकास सहजकर्ता फुर्स बहादुर नेपाली र महिला विकास शाखामा कार्यरत सिता गौतम भने बिदामा बसेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पाण्डेको भनाई छ। उता ईन्जिनियर हेमराज बस्नेत भने तालिममा सहभागी हुन सम्वन्धित ठाउँमा पुगेकाले उपस्थित हुन नसकेको बताए ।

उपाध्यक्ष कालाथोकीले उपस्थित सवै कर्मचारीहरुलाई फुल र लड्डुले स्वागत गर्दै समयको नियमहरु नियमित पालना गर्न र थप जिम्मेवार ढङ्गले कार्यसम्पादनमा जुट्न निर्देशन दिए । गाउँपालिका कार्यालयमा हाल विभिन्न तहका स्थायी र करारका गरि २९ जना कर्मचारीहरु कार्यरत रहेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेको भनाई छ ।

कर्मचारीहरुमा समयको पालनामा गिरावट देखिए पछि उपाध्यक्ष कालाथोकीले योजनावद्ध रुपमा कर्मचारीको अनुगमन सुरु गरका हुन् । उता कर्मचारीहरुले उपाध्यक्ष कालाथोकीको कदम सही र स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन् ।

आफुहरुलाई समयको पालना गर्न थप हौसला र सचेत बनाएको कतिपय कर्मचारीहरुको भनाइ छ । आफ्नो लोकप्रिय कार्यतालिका सार्वजनिक गरे सँगै उपाध्यक्ष कालाथोकी वर्तमान समस्या, जनचासो सहितका महत्वकांक्षी एजेन्डाहरुमा केन्द्रित बन्न थालेको छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...