News Portal

रेडियो सुन्नुहोस्

महोत्सवको रौनक बढ्दै, धमाधम स्टल बुकिङ

बिबश जि एम०२ फागुन २०७९
५५९ पटक
०२ फागुन २०७९

स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव २०७९ को तयारी अन्तिम अवस्थामा पुगेको आयोजकले जनाएको छ । महोत्सवका लागि आवश्यक तयारीहरु तिव्र गतिमा भइरहेको छ । प्यूठान नगरपालिका ४ स्थित गणतान्त्रिक खेलकुद मैदान क्षेत्रमा स्टलहरु तयार पारिएको छ ।
महोत्सवको लागि दुई सय ५० स्टलहरु बुकिङ भइसकेको प्यूठान उद्योग बाणिज्य संघका पे्रस सल्लाहाकार बिजयसिहं भारतीले बताए । महोत्सवमा ५० प्रतिशत स्टल जिल्ला भित्रकालागि छन्, भने ५० प्रतिशत जिल्ला बाहिरकाको लागि तयारी भएको भारतीले जानकारी दिए । जिल्ला भित्रको लागि तयार पारिएका स्टलहरुमा स्थानीय उत्पादनमा कृषि उपजसँग संम्बन्धित कृषि तथा लघु उद्यममा आधारित स्थानीय उत्पादनालाई बढि प्राथमिकता दिइएको छ ।


स्थानीय उत्पादन तर्फ टिमुर, हलेदो, मह, आलु लगायतको प्रदशनि हुने छ । यस्तै लघु उद्यम तर्फ चोया, चित्रो, डल्स, दालमोठ, साबुन, अचार समेत महोत्सवमा पाउन सकिने आयोजकले बताएको छ । यसपालिको महोत्सवमा प्यूठान उद्योग बाणिज्य संघका सदस्यहरुलाई २५ प्रतिशत छुट भएको कारण महोत्सवमा स्थानीय व्यापारीको आकर्षण बढेको छ । होटल तथा स्थानीय परिकार सहित दुना, टपरी र लोकल परिकार लाइ प्रोत्साहन दिइने भएको छ ।
महोत्सव स्थलमा जम्मा २ दुई ५० स्टल रहेका छन् । यस मध्य २ सय वटा व्यापारीक स्टल बुकिङ भइसकेको छ । बाँकी ५० वटा स्टलहरु आयोजकले स्थानीय उत्पादन लाई प्रोत्साहान नर्गको लागि निःशुल्क प्रदान गर्नेगरि सुरक्षीत राखेको जनाएको छ । महोत्सवको बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले उद्घाटन गर्नेगरि तयारी पूरा भइसकेको महोत्सव मुल आयोजक समितिका संयोजक पशुपतीनारायण नकर्मीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...